१६ वर्ष नपुगेकाले एक्लै ‘गाँठो’ हेर्न नपाउने

काठमाडौं । चलचित्र गाँठोले सेन्सर बोर्डबाट पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र बिकास बोर्डमा गरिएको जाँचमा चलचित्रले पिजी सर्टिफिकेट पाएको हो । ३१ भदौ देखि प्रदर्शन मिति तोकेको चलचित्र गाँठोको निर्देशन सुरज भुषालले गरेका हुन् । उनले यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशन गरेका थिए ।

सम्बन्धको बिषयमा बनेको चलचित्रमा नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको छ । नम्रता श्रेष्ठले यसै चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् ।

बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक बहादुर क्षेत्रि, नृपेन्द्र राज जोशी र स्वयं सुरज भुषाल रहेका छन् ।

चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

source::www.onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment