हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै पद्मकन्याका छात्राहरु सडकमा
६ असोज, काठमाडौं
गोरखाकी छात्रा एन्जिला गिरीको हत्यामा संलगन व्यक्तिलाई हदैसम्म कारवाही गर्न माग गर्दै पद्मकन्या क्याम्पसका छात्राहरूले विहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पद्मकन्या इकाईको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।
गोर्खा क्याम्पसमा विएड दोस्रो वर्षकी छात्रा गिरीको काठमाडौं कीर्तिपुरमा मृत फेला परेकी थिइन् । उनको शंकरदेव क्याम्पसका छात्रा अविनाश भारतीले हत्या गरेको दावीसहित पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् । भारतीले काठमाडौंमा जागिर लगाइदिने भनेर काठमाडौं बोलाएको र बलात्कार पछि हत्या गरेको उजुरीमा उल्लेख छ ।
source : onlinekhabar.com

0 comments:
Post a Comment