मिर्गौला परीक्षण गर्न नसकेका पन्ध्र सय को मिर्गौला परीक्षण, चार जनालाई वीर अस्पतालमा सिफारिस


फलेवास पर्वत, ९ असोज । चेतनाको अभावमा लामो समयदेखि मिर्गौला परीक्षण गर्न नसकेका र मिर्गौला रोगबाट ग्रसित बनेका एक हजार पाँच सयभन्दा बढीको आज मिर्गौला परीक्षण गरिएको छ ।
दुई छुट्टाछुट्टै स्थानमा आयोजित मिर्गौला रोगसम्बन्धी निःशुल्क परीक्षण शिविरमा एक हजार पाँच सय ५० जनाको परीक्षण गरिएको हो । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले शुक्रबार र शनिबार सञ्चालन गरेको शिविरअन्तर्गत फलेवासमा पाँच सय ३८ र कुश्मा बजारमा एक हजारभन्दा बढीको परीक्षण गरिएको हो । लायन्स क्लब अफ शिवालय र लायन्स क्लब अफ मोदीकालीको व्यवस्थापनमा सम्पन्न शिविरमा स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले सेवा उपलब्ध गराएका थिए ।

मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधि समेत वितरण गरिएको फाउन्डेसनका संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो । तत्काल उपचार प्रक्रिया नथाल्ने हो भने मृत्युको मुखमै पुग्न सक्ने अवस्थामा रहेका चार जनालाई तत्काल उपचारका लागि वीर अस्पतालामा सिफारिस गरिएको मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बस्नेतले बताउनभुयो ।
मिर्गौला सामान्य अवस्थामा रहेका व्यक्तिलाई परामर्श र समस्या देखिएका बिरामीलाई उपचार तथा औषधि प्रदान गरिएको शिविरमा सहभागी अमेरिकाका मिर्गौला रोग विशेषज्ञ डा जोन बलले जानकारी दिनुभयो । अमेरिकाका दुई विशेषज्ञ चिकित्सकसहित २३ स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए । रास
source : news24.com

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment