‘तीन व्यक्ति प्रविधि’ मार्फत पहिलो शिशु


अमेरिकामा वैज्ञानिकहरुले तीनजना मानिसको आनुवंशिक मिश्रण गर्ने नौलो प्रजनन प्रविधिमार्फत विश्वको पहिलो शिशुको जन्म भएको जनाएका छन्।
आमा, बुवा तथा एक डिम्ब दाताको आनुवंशिक मद्दतले आमामा भएको दुर्लभ घातक आनुवंशिक अवस्थाबाट जोगाएर उक्त शिशुको जन्म गराउन सफल भएको उनीहरुले जनाएका छन्।
चिकित्सकहरुका अनुसार अहिले पाँच महिनाको भएको उक्त शिशुमा हालसम्म सो आनुवंशिक रोगका लक्षण देखा परेका छैनन्।
यो प्रविधि अन्तर्गत आमा र बुवाको डिएनएको स्वाभाविक मिश्रणका अतिरिक्त एक दाताको थोरै आनुवंशिक कणको सहायताले ती शिशुको स्वस्थ जन्म भएको छ।

नयाँ युग यी स्वस्थ बालकको जन्मभन्दा पहिले यिनका जोर्डनी आमाबुवाले थुप्रै पीडा झेल्नुपरेको थियो।

“विगतमा उनीहरुले जन्माएको दुई शिशुको मृत्यु भएको थियो भने चारवटा गर्भ तुहिएको थियो। ती सबको कारण चाहीं आमामा भएको आनुवंशिक खराबी रहेको थियो,” विज्ञान सम्वाददाता जेम्स ग्यालाहरको भनाइ छ।

कतिपय आलोचकहरुले उक्त प्रकृया असुरक्षित तथा अनैतिक भएको भनेका छन्।
न्यू साइन्टिस्ट नामक पत्रिकाका अनुसार उक्त प्रविधिको परीक्षण मेक्सिकोमा गरिएको हो।
तर वैज्ञानिकहरुले चाहीं यसले चिकित्सा क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने भन्दै यस्ता आनुवंशिक स्वास्थ्य समस्या झेल्दै आएका परिवारका निम्ति यो सुखद खबर हुने बताएका छन्।
माइटोकोन्ड्रियल डोनेशन भनिने यो प्रविधिको सघन अनुगमन हुनुपर्नेमा भने उनीहरुले जोड दिएका छन्।
source : bbc.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment