आश्विन १०, २०७३-
- गत भदौ १० गते बिहान रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खस्यो । उक्त घटनामा २५ यात्रुको मृत्यु पुष्टि भयो । १६ घाइते भए । १० अझै बेपत्ता रहेको भन्दै खोजबिनका लागि आफन्तले प्रहरीमा निवेदन दिए ।
- भदौ ११ गते उक्त सडकखण्डको चण्डीभन्ज्याङ–९ स्थित जलवीरेबाट ना३ख ४५५६ नम्बरको मालवाहक ट्रक त्रिशूलीमा खस्यो । वीरगन्जबाट तनहुँ जाँदै गरेको ट्रक त्रिशूलीमा आधा डुबेको थियो । ट्रकको हुटमा बसिरहेका सात जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गर्यो ।
- भदौ २१ गते पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–७ मा पुलबाट त्रिशूली किनारमा ट्रक खस्दा दुई जनाको ज्यान गयो । दुई घाइते भए । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ९९०६ नम्बरको ट्रक अनियन्त्रित भई चुमखोलाको पुलबाट त्रिशूली किनारमा खसेको थियो ।
- भदौ २४ मा भैरहवाबाट काठमाडौं जाँदै गरेको ना३ख ६०१७ नम्बरको ट्रक पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार नजिकैबाट त्रिशूलीमा खस्यो । त्यसका चालक र सहचालक अझै बेपत्ता छन् ।
पूर्व घटना सेलाउन नपाउँदै फेरि आइतबार अर्को दुर्घटना भएको छ । आइतबार मुग्लिन नजिकै घोप्टेभीरबाट पूर्वमुख्य सचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशूलीमा खस्दा ३ जनाको मृत्यु भयो भने घिमिरे र उनका दुई भाइ बेपत्ता छन् ।
पछिल्लो समय यस खण्डमा दुर्घटना हुने क्रम थामिएको छैन । चाडबाड नजिकिँदै गर्दा ठूला दुर्घटना वृद्धि भइरहेका छन । सवारी चाप बढी, साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना हुने गरेको पाइएको छ । त्रिशूली किनार नकटदासम्म यात्रु त्रसित हुन्छन् । यात्रुलाई ज्यानको पीर हुन्छ । यस खण्डमा साना/ठूला दुर्घटना नभएका दिन हुँदैन । साना दुर्घटनाको हिसाब हुँदैन । सडकछेउमा पसल तथा होटल व्यवसाय गर्नेहरू यस्ता दुर्घटनाका साक्षी बन्ने गरेका छन् । ११ वर्षदेखि कालीखोलामा पसल सञ्चालन गर्दै आएकी पार्वती विष्टले भनिन्, ‘ठूला गाडी त्रिशूलीमा खस्छन्, साना मोटरसाइकल सडकमै पल्टिन्छन् ।’
प्रत्यक्षदर्शी दुर्घटनाको दोष चालकलाई दिन्छन् । सडकको दूरवस्थाले गर्दा पनि दुर्घटना हुने गरेको छ । चालकले मदिरा सेवन गरेर गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना हुने प्रत्यक्षदर्शीले बताए । यहाँ चल्ने गाडीबीच ‘ओभरटेक’ गर्न प्रतिस्पर्धा चल्छ । तलमाथि भयो कि बस/ट्रक त्रिशूलीमा हेलिन्छन् । यो खण्डमा पुगेपछि आँखा चिम्लिएर यात्रा पूरा गर्ने धेरै भेटिन्छन् । प्रहरीको १० वर्षको दुर्घटनाको तथ्यांकले अवस्था भयावह देखाउँछ । ०६३ यता चितवनको नारायणगढदेखि धादिङको सीमा मौवा खोलासम्म भएका दुर्घटनामा ३ सय ३५ (भदौ १० को दुर्घटनासहित) ले ज्यान गुमाइसकेका छन् । जसमा २ सय ५२ पुरुष र ५८ महिला छन् ।
मुग्लिन–नारायणगढ र पृथ्वी राजमार्गअन्तर्गत ९५ किलोमिटर त्रिशूली किनार हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । यस खण्डमा आएपछि चालक दबाबमा पर्छन् । पहिरो खस्ने, जाम हुने भन्दै मानसिक तनावमा परेर गाडी चलाउँदा दुर्घटनामा पर्ने गरेका छन् । त्यस्तै सडकको ठाउँ–ठाउँमा निर्माण गरिएका पक्की पुलसमेत जीर्ण छन् । धेरै गाडी र ट्रक त्यही पुलबाट खस्छन् । पुलमा एकतर्फी गाडी चलाउनुपर्ने भए पनि दुईतर्फी चलाउने गरिएकाले जोखिम बढी छ । पुल छेउमा राखिएका बारसमेत गाडी र ट्रक खसेर भाँच्चिएका छन् । पहिला यात्रुलाई धादिङ खण्डमा पर्ने कृष्णभीरको पीर हुन्थ्यो ।
नारायणगढदेखि मुग्लिनसम्म ३६ किलोमिटर छ । ०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा–नारायणगढ सडकको नाममा निर्माण गरिएको थियो । सन् २०१४/०१५ को तथ्यांकअनुसार यो सडक भएर दैनिक ७ हजार ३ सय ३७ सवारी साधन ओहोरदोहोर गर्छन् । अहिले चाप बढेको छ । बढी दुर्घटना त्रिशूली किनारमा हुने गरेको छ । सडकबाट सीधै नदीमा ट्रक/बस खस्ने हुँदा ढुक्क भएर यात्रा गर्ने अवस्था छैन । ‘साँघुरो सडकमा ओभरटेक गर्न चालकहरूबीच प्रतिस्पर्धा चल्छ,’ जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले भने, ‘जसले गर्दा ठूला दुर्घटना हुने गरेका छन् । जहाँ अप्ठ्यारो मोड आउँछ, त्यहीं चालक झकाउनाले ठूला दुर्घटना हुने गरेको छ ।’
अधिकांश घटना चालकको लापरबाहीले नै भएको उनले दाबी गरे । मुलुकका विभिन्न भागबाट राजधानी ओहोरदोहोर गर्नेलाई यस खण्डको जोखिमबारे थाहा छ । दुई चालक नहुनाले पनि यो खण्डमा बढी दुर्घटना हुने गरेको छ । बसको अवस्था कस्तो छ, लामो दूरीमा चल्न योग्य छन्/छैन, चालकको सवारी अनुमतिपत्र छ/छैन भनेर अनुगमन नगर्नुले पनि ठूला दुर्घटना हुने गरेका छन् ।
लामो दूरी छिचोलेर यहाँ आइपुग्ने चालक थाक्छन् । आधा रात हुन्छ । पालो दिने नहुँदा एक सेकेन्ड झकाउँदा गाडी सीधै त्रिशूलीमा खस्छ । यस्तै साना समस्याले ठूला दुर्घटना हुने गरेका छन् । सडक साँघुरो छ । छेउछेउमा प्यारा मिटर नहुँदा चालकले आफ्नो साइड छुट्याउन नसकेर दुर्घटना हुन्छ । एसपी कुँवरका अनुसार मुग्लिनदेखि धादिङको मौवा खोलासम्म त्रिशूलीतिर २७ किमि र मुग्लिनदेखि जुगेडीसम्म साढे २५ किलोमिटर दूरी पार गर्नुपर्छ । सबैभन्दा बढी खतरा नारायणगढ–मुग्लिन खण्डमा छ ।

source : ekantipur.com
0 comments:
Post a Comment