पूर्व इजरेली राष्ट्रपति तथा प्रधानमन्त्री शिमोन पेरेजको ९३ वर्षको उमेरमा निधन भएको छ।दुई साताअघि मस्तिष्कघात भएपछि उनी गम्भीर बिरामी भएका थिए।
पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति भए।
सन् १९४८ मा नयाँ मुलुकको रुपमा इजरेलको जन्म देखेका इजरेली राजनीतिज्ञहरुको पुस्ताका अन्तिम नेतामध्ये उनी पनि थिए।
पेरेज इजरेलको गोप्य पारमाणविक कार्यक्रमको निर्माता मानिन्छन्।
उनले प्यालेस्टिनीहरुसंग शान्ति सम्झौताका लागि भूमिका निर्वाह गरेको भन्दै सन् १९९४ मा नोबेल शान्ति पुरस्कार जितेका थिए।
उनले उक्त प्रतिष्ठित पुरस्कार त्यतिबेलाका इजरेली प्रधानमन्त्री यित्ज्याक राबिन र प्यालेस्टिनी नेता यासेर अराफतसंग संयुक्त रुपमा पाएका थिए।
जीवनको उतरार्द्धतिर पनि पेरेज सक्रिय थिए।
उनले खासगरी आफ्नो गैरसरकारी संस्था ‘पेरेज सेन्टर फर पिस’मार्फत इजरेली र प्यालेस्टिनीबिच नजिकको सम्बन्ध बनाउन भूमिका निर्वाह गरेका थिए।
source : bbc.com

0 comments:
Post a Comment