सार्क सम्मेलन स्थगित गर्ने पाकिस्तानको घोषणा

१४ असोज, काठमाडौं । भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ ।
SAARCभारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गर्‍यो ।
त्यसपछि अफगानिस्तान बंगलादेश र भुटानले सहभागी नहुने घोषणा गर्‍यो ।  शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको छ ।
पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ ।
२०७३ असोज १४ गते २१:०६ मा प्रकाशित (२०७३ असोज १५ गते ७:२६मा अद्यावधिक गरिएको)
source:http://www.onlinekhabar.com/
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment