विश्वकै ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा


Image copyright
चीनले प्रारम्भिक अवलोकन गरिसकेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ।उक्त टेलिस्कोपले एक हजार लाइट इयर अर्थात प्रकाश वर्षभन्दा टाढा रहेको एउटा ताराबाट जानकारी प्राप्त गरेको छ।सो टेलिस्कोपले ब्रह्माण्डलाई बुझ्न र पृथ्वीबाहिर जीवन खोज्न वैज्ञानिकहरुलाई मद्दत गर्ने बताइएको छ।सयौँ खगोलशास्त्री र जानकारहरु विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोपको आधिकारिक उद्घाटनमा उपस्थित थिए।

संकेत प्राप्त विशाल टेलिस्कोपको डिश दिक्षिण-पश्चिमी चीनको ग्वेजो प्रान्तका थुप्रै पहाडहरुका बीचमा राखिएको छ।

उक्त उपकरण राख्न ठाउँ बनाउनका निम्ति ८ हजार मानिसहरुलाई अन्यत्र सारिएको थियो।
Image copyright
सो टेलिस्कोपले अन्तरिक्षबाट पहिलो संकेत समेत प्राप्त गरिसकेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।
पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका निम्ति उक्त टेलिस्कोपका उपकरणहरुको परीक्षणमा तीन वर्ष लाग्नेछ।

उत्साहप्रद फाइव हण्ड्रेड मिटर एपेचर स्फेरिकल टेलिस्कोप योजनाका उप व्यवस्थापक पेङ्ग बोले भने, “यो धेरै उत्साहप्रद छ। धेरै वर्षसम्म अवलोकनका निम्ति हामी चीनबाहिर जानुपर्ने अवस्था थियो, अहिले हामीसँगै विश्वको सबैभन्दा ठूलो टेलिस्कोप छ। त्यसको प्रयोगका लागि अब मानिसहरु कुर्न सक्दैनन्।”

पाँच सय मिटर ब्यास भएको सो टेलिस्कोपको डिश हजारौँ त्रिकोणात्मक प्यानलहरु मिलेर बनेको छ जसले अमेरिकाको पुवेर्टो रिकोस्थित ३ सय ५ मिटर ब्यास भएको टेलिस्कोपको कीर्तिमान तोडेको छ।
बीबीसीकी विज्ञान संवाददाता रेब्बेका मोरेल आफ्नो विश्लेषणमा भन्छिन्, “यसै वर्षको शुरुतिर मैले चिनियाँ रेडियो टेलिस्कोपको अन्तिम चरणको निर्माण कार्य हेरेको थिएँ। निर्माणस्तर र वैज्ञानिक महत्वकांक्षा दुवै हिसाबमा त्यो साच्चै नै आश्चर्यजनक थियो र यसले देखाउँछ कि विश्वमा विज्ञानको पावरहाउस बन्ने प्रयासमा चीन कति अगाडि बढिसकेको छ। केही दशकअघिसम्म चीनको नाम वैज्ञानिक उपलब्धिको विश्व सूचीमा विरलै अटिन्थ्यो। तर अहिले अनुसन्धानमा गरिने खर्च र वैज्ञानिक अनुसन्धानसम्बन्धी प्रकाशित लेखको संख्याका आधारमा चीन अमेरिकापछि दोस्रो स्थानमा पर्दछ।”
source : bbc.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment