आमिर खानले आफ्नो नग्न पोस्टरको बचाऊ गरे

आमिर खानले आफ्नो आगामी फिल्म ‘पि के’ को नग्न फोटोबाट उत्पन्न विवादको बारेमा मुख खोलेका छन। उनले सो पोस्टर प्रचारका लागि नभएको र उक्त पोस्टरले सिनेमाको कथालाई उजागर गर्ने भन्दै आफ्नो बचाऊ गरेका छन्। केही दिनअगाडि आफ्नो गोप्य अंगलाई रेडियोले छोपेको ‘पि के’ सिनेमाको नग्न पोस्टर सार्वजनिक गरिएको थियो। उनको यो विवादित पोस्टरले धेरैलाई आश्चर्यमा पारेको थियो।


आलोचकहरूले उक्त पोस्टरको सार्वजनिकीकरणलाई सस्तो प्रचार भन्दै आलोचना गरेका थिए।
  

त्यसबारे बोल्दै आमिरले भने,‘ जब तपाईहरूले सिनेमा हेर्नुहुन्छ तब मात्र तपाईले सो पोस्टर राख्नुको अर्थ बुझ्नुहुनेछ। तपाईहरूलाई म के पनि भन्छु भने राजकुमार हिरानी यस्ता फिल्ममेकर हुन जो सिनेमाको माध्यमबाट आफ्नो विचारलाई पृथक तरिकाले पेश गर्छन। त्यसैले म पनि उनको ठूलो प्रशंसक हुँ।’


बुधबार एक मराठी फिल्मको स्क्रिनिङमा आएका आमिरले सो कुरा व्यक्त गरेका हुन।


‘यो सस्तो प्रचारका लागि गरिएको होइन। यसले सिनेमामा भित्र रहेका कुराहरूलाई उजागर गर्दछ।’ उनले अगाडि भने।

नग्नता र अश्लिलतालाई बढवा दिएको भन्दै आमिर खान यसका निर्माता र निर्देशक विधुविनोद चोपडा तथा राजकुमार हिरानीविरूद कानपुरमा मुद्दा दायर गरिएको छ।


साभर गरिएको::http://www.hourwin.com/



Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment