२२ भदौ, काठमाडौं । स्विट्जरल्याण्डले युरोपियन च्याम्पियन पोर्चुगललाई हराउँदै विश्वकप छनौटमा सुखद सुरुवात गरेको छ ।
मंगलबार राति भएको समूह बीको खेलमा स्विट्जरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्विट्जरल्याण्डले २३ औं मिनेटमा इम्बोलाको गोलबाट अग्रता लिएको थियो । सात मिनेटपछि मेहमेदीले अग्रता दोब्बर पारे ।
स्टार स्ट्राइकर रोनाल्डोको विनाको पोर्चुगल खेलमा र्फकन सकेन । खेलको अन्त्यतिर स्विट्जरल्याण्डका जाका दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।
२०७३ भदौ २२ गते ९:५० मा प्रकाशितसाभर गरिएको::http://www.onlinekhabar.com/

0 comments:
Post a Comment