डान्स बारमा युवतीहरुबीच ‘ग्याङ फाइट’, सातजना पक्राउ




ललितपुर: ललितपुरमा युवतीहरुको समूहबीच 'ग्याङ फाइट' भएको छ। बुधवार राति बालकुमारीस्थित गुडविल डान्स बारमा मदिरा सेवन गरेका युवतीहरुका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको हो।
मदिरा सेवन गरेर ग्याङ फाइटमा उत्रिएका युवतीहरुको दुई समूहबीच बियरका बोतलले एकापसमा हानाहान भएको थियो।
डान्स बारमा ग्याङ फाइट भइरहेको सूचना पाएलगत्तै गएको महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले सातजना युवतीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर यादवले जानकारी दिए।
डिएसपी यादवका अनुसार ‘ग्याङ फाइट’मा संलग्न अनु गुरुङ, श्रीया तामाङ, सन्जु गरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
ग्याङ फाइटमा उत्रिएका युवतीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाइएको डिएसपी यादवले जानकारी दिए।
source : annapurnapost.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment