फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु





लण्डन– फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।

बेलायतको इसेक विश्वविद्यालयले १० देखि १५ वर्ष उमेर समूहका करिब ३५ सय बालबालिकामा गरिएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनका अनुसार सामाजिक संजालमा दैनिक राति तीन घण्टा बिताउने ४७ प्रतिशत बालबालिका सधै निराश रहने गरेको जनाएको छ। साथै अध्ययनले धेरै समय सामाजिक संजालमा बिताउने बालबालिका मध्य ४४ प्रतिशतले आफ्ना अविभावकसँग कम्तीमा हप्ताको एक पटक विवाद पर्ने  गरेको र आफ्नो कक्षा कोठामा समेत साथीहरुसँग राम्रो व्यवहार नगर्ने बताएका थिए।

अध्ययनमा सहभागी ३५ सय बालबालिका मध्य ६७ प्रतिशत बालबालिकाले दैनिक रुपमा सामाजिक संजालको प्रयोग गर्ने गरेको र यसकारण आफ्ना अविभावकले सधैं गुनासो गरिरहने बताएका थिए भने १७ प्रतिशतले केही दिनको अन्तरालमा सामाजिक संजाल प्रयोग गर्ने गरेकाले अविभावकले खासेै वास्ता नगर्ने बताएका थिए।

त्यस्तै ११ प्रतिशत बालबालिकाले कमै मात्र सामाजिक संजाल चलाउने गरेको र आफ्ना अविभावकले केही गुनासो नगर्ने बताएका थिए भने ५ प्रतिशत बालबालिकाले आफूलाई फेसबुक चलाउन अफ्ठेरो लाग्ने बताएका र यसमा आफ्नो अविभावकको साथ नपाएको बताएका थिए। बालकको तुलनामा बालिका धेरै झगडालु स्वाभावको रहने गरेको पनि अध्ययनले देखाएको छ।


source : nagariknews.com


Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment