दूतावासका अनुसार मृत्यु भएको एक वर्षसम्ममा पनि शव नेपाठ पठाउन सकिएको छैन । मृतकका परिवारले शव नेपाल पठाउन माग गरे पनि सम्बन्धीत कम्पनीले परिवारको पीडाको सुनुवाई नगरेको गुनासो पीडितको छ ।
बैधानिक रुपमा काम गर्ने नेपालीको मृत्यु हुँदा रोजगारदाता कम्पनीले शव स्वदेश पठाउने भए पनि अवैधानिक रुपमा काम गर्ने कामदारको मृत्यु भएमा शव अलपत्र पर्ने गरेका छन् ।
एक वर्षको अवधिमा मृत्यु भएका खोटाङका दिलबहादुर सार्की, कालीकोटका लक्ष्मण थापा, झापाका अर्जुन दाहाल, सुनसरीका श्रवणकुमार चौधरी, चितवनका राजकुमार विक, मकवानपुरका अक्कलबहादुर मोक्तानका शव मलेसियामा छन् ।
अन्य दुई जना ठेगाना नखुलेका भक्तबहादुर नेपाली र धर्मराज रानाको शव समेत मलेसियामा अलपत्र छन् ।
.source : osnepal.com

0 comments:
Post a Comment