विश्व मुटु दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा भएको सो र्यालीमा ६०० साइकल यात्रीको सहभागिता रहेको थियो । पोखरालाई साइकलमैत्री पर्यटकीय सहर बनाउने उद्देश्यले र्यालीको आयोजना गरिएको कार्यक्रम संयोजक नीरज थापाले जानकारी दिनुभयो ।
विश्व साइकलयात्री पुष्कर शाह पनि र्यालीमा सहभागी हुनुभयो । त्यस्तै ५५ वर्षदेखि साइकल चढ्दै आउनु भएका ८६ वर्षीय जगतबहादुर रञ्जितलाई कार्यक्रममा सम्मान गरिएको थियो । उहाँले विसं २०१८ मा किनेको साइकल अहिलेसम्म चढ्दै आउनुभएको र उहाँ अहिले पनि स्वस्थ्य हुनुहुन्छ । पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको र्याली हल्लनचोक, सिर्जनाचोक, बगालेटोल, बगर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै लेखनाथ नगरपालिकाको बेगनासतालस्थित डुङ्गाघाटमा पुगेर सम्पन्न भएको थियो ।
source:OSnepal.com

0 comments:
Post a Comment