सिँचाइ मन्त्री गिरीले भने- म गुण्डा पनि हुँ…. (अडियोसहित)

२६ भदौ, दाङ । सिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने कार्यकर्तालाई थर्काउने क्रममा मन्त्री गिरीले आफू गुण्डा भएको बताएका हुन् ।
अनलाइनखबरलाई प्राप्त अडियो रेकर्डमा मन्त्री गिरीले टेलिफोनमा कार्यकर्तासँग भनाभन हुँदै गर्दा भने- म गुण्डा पनि हुँ फेरि ।

मन्त्री गिरी र उनका कार्यकर्ता वीचको टेलिफोन सम्वादअनुसार प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई पक्राऊ गरेको र छुटाउन मन्त्री गिरीलाई आग्रह गरिएको छ ।

गिरीले आफू उनीहरुलाई छुटाउन लागिरहेको तर, डीएसपीको फोन नउठेकाले समस्या परेको बताएका छन् । उनले पटक-पटक भनेका छन्- त्यो डीएसपीले फोनै उठाउँदैन त म के गरौं यार ?

कार्यकर्ताले, ‘तपाईले यति पनि गर्न सक्नुहुन्न ? तपाईलाई जिताएर पठाएको के काम भो ?’ भन्दै असन्तुष्टि जनाएपछि जवाफमा मन्त्री गिरीले कार्यकर्तालाई भने- ‘तैँले के गर्न सक्छस् ? म गुण्डा पनि हुँ नि फेरि !’ भनेको प्रष्ट सुनिन्छ ।

तुलसीपुर नगरपालिका बटवलपुरका एक थारु कार्यकर्ताले पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्ने क्रममा यो सम्वाद भएको हो ।

source::http://www.onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment