१३ पैसा प्रतिएमबीमा एनसेलको डाटा


काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा सुलभ दरमा इन्टरनेट सेवा प्रयोग गर्न सकिने ‘डे डाटा प्याक’ ल्याएको छ। उक्त योजना अन्तर्गत बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको १३ पैसा प्रतिएमबीमा डेटा सेवा प्रयोग गर्न सकिने छ। सो दरमा कर समावेश नगरिएको कम्पनीले जनाएको छ।
असोज १९ गतेबाट १५ दिनसम्म लागू हुने योजनमा १ सय एमबीको दैनिक, ५ सय एमबीको साप्ताहिक र २ हजार एमबीको मासिक डे डाटा प्याक खरिद गरी सुलभ दरमा डेटा प्रयोग गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
‘चाडपर्वका बेलामा हामी आफ्ना परिवारजन, आफन्त तथा साथीभाईसँग सम्पर्कमा रही खुसियाली साट्न चाहन्छौं,’ एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने, ‘हामीलाई विश्वास छ यो ‘डे डाटा प्याक’ अफरले ग्राहकको बढ्दो सञ्चार सेवाको मागलाई सम्बोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।’
source : nagariknews.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment