घामले किन पग्लिन थाले यहाँका मानिसहरु ?

धेरै चर्को घाममा हिँड्दा जिउको छाला डढेर कालो भएको त देखे भोगेकै हो । तर यदि घामले मानिसको शरीर नै पगाल्यो भने के होला ?
ब्राजिलको एक गाउँमा अहिले घामका कारण एकाएक गाउँलेहरुको छाला पग्लिन थालेको छ ।

ब्राजिलको साओ पाओलोमा अरारस नामको एक गाउँ छ । उक्त गाउँका मानिसहरु एक अनौठो रोगबाट ग्रसित छन् ।

गाउँका मानिसहरु जब घाममा बाहिर निस्किन्छन् उनीहरुको अनुहार तथा जिउको नांगो भागको छाला पग्लिन थाल्दछ । सोही समस्याका कारण गाउँलेहरुलाई दिउसो घाम लागेको बेला घरबाहिर निस्किनै समस्या परेको छ  ।
उक्त गाउँमा धेरै मानिस कृषिमा संलग्न छन् । त्यसैले दिउसो घरबाहिर ननिस्किउँ भनेर पनि पुग्दैन उनीहरुलाई । जसको नतिजास्वरुप उनीहरुको छाला विस्तारै गल्दै गएको छ । गाउँको दर्जनौँ मानिसहरु यो रोगका सिकार बनेका छन् ।

यो रोगलाई एक्सोडेर्मा पिगमेन्टोसम अर्थात् एक्सपी भनिन्छ ।

source::http://www.onlinekhabar.com/
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment