नायिका कंगना रनावत र नायक ऋतिक रोशनको आरोप-प्रत्यारोप अझै सकिएको छैन । कुनै समय प्रेममा रहेको यो जोडी अलग भैसकेको छ । अलग भएपछि यी दुई एक अर्काको विरुद्धमा बयान दिन लागिपरेका छन् ।
केही दिन अगाडि ऋतिकका पिता राकेश रोशनले छोरा र कंगनाविचको वास्तविकता बाहिर आएको खण्डमा त्यसले सबैलाई आश्चर्यमा पार्ने बताएका थिए । राकेशले ऋतिकको बचाउ गर्दै उनले बाहिर वास्तविकता नबोलेको बताएका थिए ।
एक पुस्तक विमोचन समारोहमा पुगेकी नायिका रनावतलाई मिडियाले यही बिषयमा प्रश्न सोधेका थिए । जसमा कंगनाले ऋतिकतर्फ कटाक्ष गर्दै भनिन्-‘किन भारतका पुरुषहरु आफ्नै बलले उभिन सक्दैनन् । उनी ४३ बर्षको भैसके । तर, हरेक पटक किन उनको सुरक्षाका लागि उनका पिता नै अगाडि आउँछन् ? उनी बयस्क पुरुष हुन् र आफ्नै समस्या आफै समाधान गर्न सक्छन् । यो एउटा सामान्य विवाद हो । तर, उनका पिता सधै अगाडि आउन किन जरुरी छ ?’
कंगनाले घुमाउरो तरिकाले ऋतिकले आफ्नो आत्मरक्षा गर्न नसकेको आरोप लगाएकी छिन् ।
source::www.onlinekhabar.com
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment