रोनाल्डोको दोस्रो होटल लिस्बोनमा खुल्दै

१६ असोज, काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राकइर क्रिष्टियानो रोनाल्डो स्पेनिस ला लिगामा एइबरसँगको खेल लगतै लिस्बोन उड्ने भएका छन्, जहाँ उनको दोस्रो होटल खुल्दैछ ।

मडिइरामा उनले यसअघि नै होटल खोलेका छन् । अब उनले पोर्चुगलको राजधानीमा अर्को होटल खोल्न लागेका हुन् । पेस्टाना सीआर ७ नामको यो होटलमा ८२ वटा कोठा रहेका छन् ।

पेस्टाना होटलको चेन अन्तरगत लिस्बोनमा खुल्न यो होटल फोर स्टार होटल हो र, १८ देखि ३४ वर्षको युवा पुस्तालाई आकषिर्त गर्ने अनुमान छ ।

मार्काका अनुसार रोनाल्डो पेस्टानालाई रियल मड्रिड र न्यूयोर्कमा पनि विस्तार गर्ने सोचमा रहेका छन् ।

२०७३ असोज १६ गते ११:२६ मा प्रकाशित

source:: http://www.onlinekhabar.com/
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment