बुटवलमा प्रहरीले ठूलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। यस्तै प्रहरीले बुटवलबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलले एक हजार ५०० लिटर अवैध मदिरा पक्राउ पछि नष्ट गरेको छ। रुपन्देहीका विभिन्न पाँच स्थानमा गरिएको अप्रेसनपछि सो परिमाणका घरेलु मदिरा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार प्रहरीले सिद्धबाबा क्षेत्रबाट ८०० लिटर, इँटाभट्टाबाट ३०० लिटर र उत्पादन सामग्री, जीतगढीबाट १०० लिटर त्यसैगरी चरंगेबाट २०० लिटर र एक बोरा कच्चा पदार्थ, बुटवलको गोलपार्कबाट १०० लिटर गरी नियन्त्रणमा लिइएको एक हजार ५०० घरेलु मदिरा नष्ट गरेको हो ।
त्यस्तै प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुठापौवा–५ पाल्पाका रेशम बगाले छन् । उनले नोफोन १ सड ८५ सिसी, फेनारगन १८६ सिसी र सेराज्याक १८३ सिसी र दुई थान सिरिन्ज पनि बोकेका थिए ।
त्यसैगरी देवदह–२ का फत्तेबहादुर राणा र किसन थापाको साथबाट १ दशमलव ४४ ग्राम ब्राउन सुगर र उनीहरु सवार लु१५प ३७१६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएकोे छ । रासस
source : setopati.com
0 comments:
Post a Comment