लडाकू विमानहरुले सिरियाको अलेप्पो शहरमा नयाँ हवाई कारबाही गरेका छन्।अलेप्पो शहरको विद्रोही नियन्त्रित क्षेत्रमा दोस्रो दिन पनि हमला जारी छ।सिरियाली सरकारले अलेप्पो शहरको विद्रोही नियन्त्रित क्षेत्रहरु पुन: आफ्नो कब्जामा ल्याउने घोषणा गरेको केही घण्टामा उक्त कारबाही भएको हो।
अभियानकर्ताहरुका अनुसार सिरियाली र रुसी विमानहरुले पूर्वी अलेप्पोमा भीषण कारबाही गरिरहेका छन्।
'विनाशकारी'
![]() |
| विद्रोही नियन्त्रित एलेप्पो शहरका केही भागमा दोस्रो दिन पनि भीषण हवाई कारबाही गरिएको छ। |
एकजना उद्धारकर्मीले घटनाक्रमलाई 'विनाशकारी' भनेका छन्।
सरकारले सर्वसाधारणलाई विद्रोही नियन्त्रित स्थलहरुतर्फ नजान भनेको छ।
रुसले हमलामा उसको संलग्नता पुष्टि गरेको छैन।
अमेरिकी र रुसीहरुले भङ्ग भएको युद्धविराम ब्युँताउन गरेको कुराकानीमा प्रगति भएन।
बीबीसी संवाददाता पल एडम्स भन्छन्,- "सिरियाली सैन्य स्रोत पछिल्लो हवाई र अन्य हतियारको आक्रमण तयारी कारबाही भएको र यो केही समय चलिरहन सक्छ भन्ने जनाएको छ। त्यसपछि स्थलगत कारबाही शुरु हुनेछ। सैन्य या राजनीतिक जुनसुकै नियतले गरिएको भएपनि त्यसको प्रभाव विध्वंशकारी छ।"
आरोप
रुसले सिरियाली सरकारलाई समर्थन गर्छ भने अमेरिकाले विपक्षको समर्थन गर्छ।
दुवै शक्तिले उनीहरु सम्बद्ध समर्थकहरुमा नियन्त्रण जमाउन नसकेको भनेर एकअर्कालाई आरोप लगाउँछन्।
सिरियाली स्वयंसेवी उद्धार समूह द ह्वाइट हेल्मेट्सले शुक्रबार बिहान दर्जनौं हवाई कारबाही गरिएको बताएको छ।
उसका चारमध्ये तीन उद्द्दाधार केन्द्रहरुलाई निशाना बनाएको पनि उसले जनाएको छ।
अल जजीरा न्यूज एजेन्सीले ट्वीटमार्फत उक्त शहरमा रहेको आफ्नो ब्यूरो आंशिक रुपमा ध्वस्त भएको बताएको छ।
सिरियाली सैन्य स्रोत हवाई हमलापछि स्थलगत कारवाही गरिने बताएको छ।सेनाका अधिकारीहरुले बाहिरिन चाहने विद्रोहीका लागि समेत मार्ग उपलब्ध गराइने बताएका छन्।
source : bbc.com



0 comments:
Post a Comment