‘अष्ट्रेलियामा डेब्यु खेलमै चम्किए सन्दिप लामिछाने'


सिड्नीः माइकल क्लार्कको क्लबबाट अष्ट्रेलियन क्रिकेट लिगमा डेब्यु गरेका नेपाली क्रिकेटर सन्दिप लामिछाने पहिलो खेलमै सवैको ध्यान तान्न सफल भएका छन्। माइकल क्लार्कको क्लब वेष्टर्न सबवर्सबाट शनिवार डेब्यु गरेका लामिछानेले सवैको ध्यान तान्न सफल भए।
क्लब क्रिकेटमा माइकल क्लार्कको ‘कमब्याक’ हेडलाइन बन्यो होला। तर, १६ वर्षीय लेग स्पिनर लामिछानेले सबैको ध्यान आफूतिरै ताने। सोमबारमात्रै अष्ट्रेलिया पुगेका लामिछानेलाई अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले आफ्नो क्रिकेट क्लबबाट खेल्न बोलाएका हुन्। हङकङमा गत मेमा भएको टी–ट्वान्टी क्रिकेटमा लामिछानेले गरेको प्रदर्शनबाट प्रभावित भएर क्लार्कले अष्ट्रेलिया बोलाएका हुन्।
शनिवार एलन बोर्डर ओभलमा भएको सिड्नी प्रिमियर क्रिकेट लिगको खेलबाट डेब्यु गरे। लामिछानेले वेष्टन सबवर्सका लागि ८ ओभर वलिङ गर्दै एक विकेट लिएर १७ रनमात्रै दिएर सबैको ध्यान आफूतिरै तानेका थिए। क्लार्कको क्लव क्रिकेटमा कमब्याक र सन्दिपको डेब्यु खेलमा वेष्टर्न सबवर्सले मोसमनलाई ६ विकेटले पराजित गर्न सफल भयो।
नेपाली क्रिकेटर सन्दिपले माइकल क्लार्कसँग खेलपछि प्रतिक्रिया दिँदै भने,‘मेरो सपना माथिल्लो स्तरको क्रिकेट खेल्ने नै हो।’ लामिछानेले आफ्ना लागि क्रिकेट ‘अक्सिजन’जस्तै भएको बताए। उनले भने,‘क्रिकेट मेरा लागि अक्सिजन जस्तै हो। क्रिकेटविना म बाच्न सक्दिँन।’
सन्दिपको प्रशंसा गर्दै अष्ट्रेलियन क्रिकेटका पूर्व कप्तान क्लार्कले भनेका छन्,‘सन्दिपले राम्रो सुरुवात गरेको छ। एकहप्ता अघि मात्रै आएपनि राम्रो सुरुवात गर्न सकेको छ। मलाई लाग्छ अबका दिनमा ऊ अझै राम्रो खेल्नेछ।’


Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment