२५ भदौ, नवलपरासी । वन मन्त्री शंकर भण्डारीले आवश्यकता अनुसार कानून परिवर्तन गरेर चुरे क्षेत्रमा रहेका खोलाको निकासी खोल्ने बताएका छन्।
उनले पछिल्लो समय बन्द भएका क्रसर उद्योग पनि कानुनलाई परिमार्जन गरेर खोलिने बताए । सरकारले देशभर चुरे क्षेत्रमा परेका खोलामा नदीजन्य वस्तुको निकासी रोकेको छ भने पछिल्लो समय नियम विपरित चलेको भन्दै नवलपरासी, रुपन्देही लगायत देशका अधिकांश जिल्लामा क्रसर उद्योगहरु पनि बन्द गरेको छ।
प्रेस युनियन नवलपरासीले शनिबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वन मन्त्री शंकर भण्डारीले चुरे संरक्षण र यसको व्यवस्थापनमा लाग्ने जनाए । उनल चुरे संरक्षणको नाममा खोलामा नदीजन्य वस्तु थोपरिदै जाँदा गाउंमा बाढी पस्ने खतरा भएकोले व्यवस्थित र वैज्ञानिक ढंगले वातावरणमा समेत असर नपर्ने गरी नदीजन्य वस्तुको निकासी खोल्ने बताए।
त्यस्तै वन क्षेत्रमा व्यापक अतिक्रमण भएको बताउंदै मन्त्री भण्डारीले अतिक्रमण रोक्न आफू लागी परेको बताए । उनले भने वन अतिक्रमण बनेका संरचनाको अन्य निकायसँगको समन्वयमा हटाइते बताए ।
मन्त्री भण्डारीले संविधान संशोधनका लागि एमालेसँ छलफल जारी रहेकेा बताए । उनले एमाले जिम्मेवार दल रहेको भन्दै सममस्या समाधान हुने बताए ।
२०७३ भदौ २५ गते १२:२८ मा प्रकाशित
source::http://www.onlinekhabar.com
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment