ट्रक सहित आठ लाख मूल्य बराबरको काठ बरामद

२५ भदौ, कलैया । हरियो रुख ढालेर गोलिया तस्करी गरिहेको अवस्थामा बाराको तामागढी जंगलबाट एउटा ट्रक सहित २ सय ६५ क्विफिट सालको काठ बरामद भएको छ ।

सेक्टर वन कार्यालय तामागढीबाट गस्तिमा रहेका सुरक्षाकर्मीहरुको टोलीले पूर्व पश्चिम राजमार्गको आरसिसी पुल छेउको जंङ्गलमा ना ३ ख ९१८३ नम्बरको ट्रकमा काठ लोड गर्दै गरेको अवस्थामासालका टुना सहित सो ट्रक बरामद गरेको वन सुरक्षाकर्मीले बताएका छन् ।

वन सुरक्षाकर्मीहरुले घटनास्थलबाट एक थान खुकुरी समेत बरामत गरेका छन् ।  सालका दुई वटा ठुला रुख टुना पारेर लोड् गरी रहेका समय गस्ति टोलीलाई देखेर तस्करहरु ट्रक छोडेर जङ्गगलमा भागेको वनपाले विन्दा यादवले बताउनु भयो ।

काठ लोड्गर्न ल्याइएका मजदुर समेत एक दर्जन भन्दा बढीको समुहमा रहेका तस्करहरु गस्ति टोली देख्ने बित्तिकै दक्षिणतर्फको जङ्गलमा भागेको वनपाले यादवले बताए ।

बरामद ट्रक वीरगञ्ज १५ मुर्ली निवासी युसुफ मियाँको नाममा दर्ता रहेको तथा चालक र सहचालकको नाम ठेगाना खुली नसकेको भएपनि हेटौडा र निजगढ निवासी भएको जनाइएको छ तर, यकिन बिबरण आउन बाँकी रहेको स्रोतले जनाएको छ ।

एक साता अगाडी पनि तस्करहरुको समुहले भलुहिखोर जङ्गलमा हरियो सालका दुई वटा रुख काटेर भाद्र १८ गते बेपत्ता पारेका थिए वन कार्यालयले जनाएको छ । काटिएको हरियो सालको गोलिया ट्रकमा लोड गरी लिएर बेपत्ता पारिएकोमा वन कर्मचारीले भने, भोलिपल्ट मात्र काठ तस्करी भएको बारेमा जानकारी पाएका थिए ।

२०७३ भदौ २५ गते १२:३२ मा प्रकाशित
source::http://www.onlinekhabar.com/
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment