न्युयोर्क–भारतले पाकिस्तानलाई आतंककारीको राष्ट्रको संज्ञा दिएको छ। न्युयोर्कमा जारी राष्ट्रसंघको ७१ औं महासभालाई सम्वोधन गर्दै भारतीय प्रतिनिधि मण्डलकी प्रमुख इनाम गाम्भिरले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको र उसले आतंकबाद विस्तारका लागि लाखौं डलर खर्चने गरेको आरोप लगाइन्।
उनले पाकिस्तानले हातहतियार तथा आतंकबाद विस्तारका लागि लाखौँ डलर खर्चँदा भारतलगायत अन्य छिमेकी मुलुक चिन्तित भएको बताइन्। उनले पाकिस्तानले आफ्नो शैली परिवर्तन नगरे भारत चुप लागेर नबस्ने बताइन् ।
बुधबार पाकिस्तानका प्रधानमन्त्री नबाफ शरिफले महासभामा सम्बोधनका क्रममा काश्मिर हमलामा मारिएका हिजबुल समुहका नेता बुरान वानीलाई एक युवा नेता गुमाएको भनि अभिव्यक्ती दिएका थिए। उनले महासभालाई सम्बोधन गर्दै काश्मिरको मामला निकै गम्भिर रहेको र यसलाई हल्का रुपमा लिन नहुने बताएका थिए। ‘काश्मिर स्वतन्त्रताकालागि लडिरहेको छ र यसमा पाकिस्तानले सधै समर्थन गर्नेछ,’ उनले भने, ‘विश्वले यस मुद्दालाइ हल्का रुपमा लिनु हुँदैन र हरेक अन्तर्राष्ट्रिय सम्मेलनमा यसबारे छलफल हुन जरुरी छ।’
उनले भारतले कश्मिरमा गत हप्ता भएको हमलामा पाकिस्तानको हात रहेको भनि दिएको भनाइप्रति आपत्ति जनाएका छन् । उनले भारतीय सेनाले काश्मिरका युवा नेता वानीलाई मारेपछि दंगा भड्किएको भन्दै यसको सम्पुर्ण जिम्मा भारले लिनु पर्ने बताए ।
गत हप्ता भएको उक्त हमलामा १८ जना भारतीय सैनिकको मृत्यु भएको थियो। यस हमलापछि भारत पाकिस्तान वाकयुद्ध चल्दै आएको छ।
गत हप्ता भएको उक्त हमलामा १८ जना भारतीय सैनिकको मृत्यु भएको थियो। यस हमलापछि भारत पाकिस्तान वाकयुद्ध चल्दै आएको छ।
source : nagariknews.com

0 comments:
Post a Comment