इजिप्टमा आप्रवासी चढेको डुङ्गा दुर्घटना २९ जनाको मृत्यु


कायरो— इजिप्टमा अफ्रिकी आप्रवासी चढेको डुङ्गा पल्टँदा  २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
स्थानीय अधिकारहरुले काफर अल शेख तटमा उक्त डुङ्गा पल्टिएको र उक्त डुङ्गाले थिच्दा २९ जनाको मृत्यु भएको जनाएका छन्।
उक्त ड¬ङ्गामा ६ सय जना यात्रु रहेको र १ सय ५० जनाको जिवितै उद्धार गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। अन्य यात्रुहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन्।
केही दिनअघि मात्र युरोपेली युनियनका अधिकारीहरुले आप्रावासीहरुले इजिप्टलाई युरोप प्रवेश गर्ने प्रमुख मार्गको रुपमा प्रयोग गर्दै आएको बताएका थिए।


source : nagariknews.com

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment