क्वालालम्पुर । सडक दुर्घटनामा परि मलेसियामा एक नेपालीको मृत्यु भएको छ ।
होस्टेलबाट ड्युटी जान निस्केका जनकपुर, ९ धनुषाका लक्ष्मी शाह तेलीको सडक दुर्घटनामा ज्यान गएको हो ।
बुधबार विहान कार्यालय जाने क्रममा तेलीलाई कारले ठक्कर दिएको थियो । तेली कारको ठक्करवाट उछट्टएिर छेउमा रहेको नालीमा खसेका थिए । नालीमा खसेका उनलाई पानीले बगाएर बेपत्ता बनाएको थियो ।
तेलीलाई कम्पनीका साथीहरु र स्थानीय प्रहरीसहितको टोलीले वुधवार दिनभरि खोजी गरेपनि विहीबार मात्र करीव तीन किलोमिटर टाढा शव भेटिएको सोही कम्पनीमा कार्यरत मुक्ति थापाले जानकारी दिए ।
तेली पाचँ वर्षदेखि सुवागजयाको किलाङ मकानामामीमा कामगर्दै आएका थिए। शवलाई पोसमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।
२०७३ भदौ २३ गते १७:५० मा प्रकाशित
source::onlinekhabar.com
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment