तामाङ सोसाइटी अमेरिकामा बिभाजनको खतरा

न्यूयोर्क, अमेरिका । तामाङ सोसाइटी अफ अमेरिकाको अाठाैं महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदको लागि चुनावी माहोल एकाएक गर्माएको छ ।
अध्यक्ष पदमा सोसाइटीका पूर्व महासचिव तथा कराँते प्रशिक्षक शान्ता थोकर र मानार्थ सदस्य तथा चलचित्रकर्मी अमृत लामा दुवैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दुवै प्रतिस्पर्धीहरू अा-अाफ्नै तरिकाले चुनावी अभियानमा व्यस्त देखिन्छन् । पछिल्लो समय फेसवुक मेसेन्जर मार्फत चुनावी अभियानलार्इ तिब्रता दिएको पाइन्छ । यही सिलसिलामा अादीवासी जनजाती महासंघ अमेरिका (फिप्नाका) का वर्तमान अध्यक्ष लुइसाङ वाइवाको भनाइ बाहिर अाएको छ ।
उनले एक अनलाइन पोर्टल मार्फत अमृत लामालार्इ विधानतः अयोग्य घोषणा मात्र गरेनन्, एउटा मानार्थ सदस्यको हैसियतले अध्यक्षमा दावी गर्न नैतिकरूपले नमिल्ने समेत बताएका छन्। अध्यक्ष पदमा दावी गर्ने हो भने सोसाइटीले सम्मानार्थ दिएको पदवी फिर्ता गर्नुपर्ने वाइवाको भनाइ छ ।
यस सम्बन्धमा अमृत लामासँग बुझ्दा उनको तर्क यस्तो छः तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदको लागि विधानतः म अयोग्य छु भन्ने लुइसाङ वाइवाको भनाइ सरासर गलत छ किनभने तामाङ सोसाइटी अफ अमेरिकाको विधानमा अध्यक्ष लगायत पदाधिकारीहरूको योग्यता सम्बन्धमा कुनै स्पष्ट व्यवस्था छैन ।
विगतमा कुनैवेला निर्वाचन कमिटीले निर्वाचन प्रयोजनको लागि बनाएको निर्देशिकाको अाधारमा मलार्इ अयोग्य ठहरयाउने लुइसाङ वाइवा भनाइ अाधीकारिक होइन । त्यो उहाँको नितान्त व्यक्तिगत बिचार हो । त्यो पुरानो निर्देशिका यतिखेर काम नलाग्ने अमृतको जीकिर छ ।
नैतिकताकै कुरा गर्ने हो भने विगतमा बोर्डको जानकारी बिना संस्थाको पैसा व्यक्तिगत प्रयोजनको लागि भोगचलन गर्ने व्यक्तिले अरूलार्इ नैतिकताको पाठ सिकाउन मिल्छ? मलार्इ दिइएको मानार्थ पदवी फिर्ता गर्दैमा मेरो उम्मेदवारी स्वीकार हुन्छ भन्ने लुइसाङ वाइवाको हैसियत सोसाइटीको वर्तमान कार्यसमितीमा के हो?
विगतमा महासचिव पदमा रहँदा पदीय दुरूपयोग गर्दै संस्थाको लेटरप्याड प्रयोग गर्ने र संस्थाको ल्यापटप गायब पार्ने व्यक्ती चाँही अध्यक्ष पदमा उम्मेदवारको लागि कसरी नैतिक रूपले योग्य भयो?
जो व्यक्ति हिजो तामाङ सोसाइटीको सिफारिसमा फिप्नाको अध्यक्ष भाछ त्यस्तो व्यक्तिलार्इ विवादास्पद अभिव्यक्ति दिने नैतिक अधिकार नभएको अमृत लामाको भनाइ छ ।
अमृतको भनाइनुसार लुइसाङको अभिव्यक्तीले तामाङ सोसाइटीमा एकता नभर्इ बिभाजन ल्याउने खतरा छ । यस्तो गैह्र जिम्मेवार अभिव्यक्ती दिने व्यक्तिलार्इ तामाङ सोसाइटीले तुरून्त फिर्ता बोलाउनु पर्दछ ।
अन्यथा संस्थाको प्रतिष्ठामा अाँच अाउन सक्नेछ । विगतमा २०६२।६३ सालतिर नेपाल तामाङ घेदुङ संघलार्इ फुटाएर नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ बनाउन मुख्य भूमिका खेलेका लुइसाङ वाइवाको नियत यतिखेर सफा नरहेको अमृतको थप भनाइ छ ।
तसर्थ सम्पूर्ण तामाङ दाजुभार्इ तथा दिदीबहिनीहरूमा यसतर्फ सतर्क रहन उनको अनुरोध छ ।
२०७३ भदौ २५ गते ८:१४ मा प्रकाशित

source::www.onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment