भाद्र २१, २०७३( एमाले महाचिव ईश्वर पोखरेलले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले निधि गैरजिम्मेवार भएर प्रस्तुत हुँदै गएको उल्लेख गरेका छन् ।
‘जसरी दूत बनेर गएका मन्त्री ९गृहमन्त्री निधि०अहिले जसरी अनुत्तरदायी ढंगले प्रस्तुत भइरहनुभएको छ, हामी हेर्दैछौं,’ कान्तिपुरसित कुरा गर्दै महासचिव पोखरेलले भने, ‘उहाँ अत्यन्त गैरजिम्मेवार, अनुत्तरदायी हुनुभएको छ, यसले पनि जरुर पनि दालमे कुछ काला हे।। भन्ने देखाएको छ ।’
निधिले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्रबारे स्थायी कमिटीको एजेन्डा बनाएको भन्दै संसदीय समितिमा असन्तुष्टि राखेका थिए । ‘उनले एमालेले के एजेन्डा बनाउनुहुन्थ्यो, के हुँदैनथ्यो भनेर डिक्टेट गर्ने होइन,’ पोखरेलले भने, ‘देशलाई कुशलतापूर्वक नेतृत्व गरेको पार्टीले राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्छ, गर्नुपर्छ, हामी पनि कांग्रेसले के गर्नुपर्छ, के गर्नुपर्दैन भन्दैनौं ।’
प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्रप्रति एमालेको आशंका कायमै रहेको महासचिव पोखरेलको भनाइ छ । ‘एउटा देशको प्रधानमन्त्रीले अर्को देशका प्रधानमन्त्रीलाई पत्र पठाउन सकिन्छ, तर पत्रमा के छ रु,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पोखरेलले भने, ‘जसरी दिल्लीस्थित दूतावासले संविधान संशोधनको विषय उल्लेख गर्दै विज्ञप्ती निकालेको छ, हामीलाई यसले गम्भीर बनाएको छ ।’
सरकारले पूर्णता नपाएको र परराष्ट्र मन्त्री नियुक्ति नहुँदै भएको दूत पठाउने कार्यको पोखरेलले असन्तुष्टि जनाए । ‘असामयिक, अमर्यादित, कुटनीतिक नम्सविपरीत काम भएको हो,’ उनको भनाइ छ, ‘यस्ता विशेष दूतहरु कस्तो अवस्थामा पठाइन्छन्, देशको संकटपूर्ण स्थितिमा पठाइन्छ, अहिले के छ त रु यो त तमासा देखाउन पठाइएको हो ।’
होहल्लामा संविधान संशोधन हुँदैन
महासचिव पोखरेलले होहल्लाका भरमा संविधान संशोधन हुन नसक्ने दाबी गरे । ‘एमालेलाई बदनाम गर्न, घेराबन्दीमा पार्न, संविधान संशोधनविरोधी देखाउनु अलग पाटो हो,’ उनको भनाइ थियो, ‘कसैको स्वार्थ तुष्टि गर्न, होहल्लामा संविधान संशोधन हुँदैन । कसैलाई सत्तामा पुर्याउने भर्याङ एमाले बनिदिने रु’
सरकारले संविधान संशोधनको सैद्धान्तिक कुरामात्रै गरेको उनले बताए । ‘संशोधन गर्न चाहनेहरुले के विषयमा संशोधन चाहेको हो ल्याउनुपर्यो, अनि एमालेले धारणा बनाउँछ,’ उनले भने ।
आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि देशवासीको नाममा भएको सम्बोधनमा पनि संविधान असंशोधनीय हुँदैन, संशोधन हुन्छ भनेको स्मरण गर्दै पोखरेलले अहिले संविधान संशोधन तीन आधारमा हुने बताए । उनले अभ्यास, अनुभव र औचित्यका आधारमा मात्रै संशोधन गर्न सकिने उल्लेख गरे ।
‘संविधान संशोधनका मुद्दाहरु के हुन् रु भाषाको कुरा हो कि रु नागरिकताको कुरा हो कि, प्रतिनिधित्वको कुरा हो कि रु सिमांकनको कुरा हो कि, के हो रु सिमांकनको कुरा हो भने पनि सिमांकन पनि अपरिवर्तनीय होइन, तर अहिलेको संविधानले सिमांकन हेरफेरलाई अनुमति दिन्छ कि दिंदैन रु,’ सिमांकन मिलाउन जटिलता रहेको बताउँदै उनले भने, ‘संविधानले आयोग बनाएर आयोगमार्फत संविधान संशोधन गर्न सकिन्छ भनेर किटानी गरेको छ । संविधानमै त्यो छ भने यो ह्यु एन्ड क्राई किन रु’
संविधान संशोधन गर्ने पक्षहरु ९सरकार र सत्तारुढ पार्टी०ले संविधान संशोधनका मुद्दाहरु खुलस्त राख्न महासचिव पोखरेलले चुनौति दिए । ‘हिजोसरकार बनाउँदा तीन बुँदे सहमति गरेको थियो भनेर त संशोधन हुँदैन । हामी प्रधानमन्त्री पुष्पकमल दाहालदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई के भन्न चाहन्छौं भने संविधान संशोधनका बुँदाहरु के–के हुन् रु,’ उनको भनाइ छ ।
सत्तारुढ पार्टीले संविधानको सर्वस्वीकार्यकताको कुरा बाहिर ल्याएको बताउँदै त्ससलाई ‘वाइयात’ तर्क भने । ‘संसारभर संविधानको सर्वस्वीकार्यता भएको छैन । संविधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट बन्ने हो, त्यसमा केही अधुरा अपूरा कुरा छन् भने संविधानकै विधि र प्रक्रियाबाट संशोधन गरेर थपेर मिलाएर जाने हो,’ उनले भने ।
एमालेलाई मधेसविरोधी भन्नेहरु ‘मनोरोगी’
महासचिव पोखरेलले एमालेलाई संविधान संशोधन र मधेसविरोधी भन्नेहरु ‘मनोरोगी’ भएको टिप्पणी गरे ।
‘मधेसका मुद्धामा एमालेको सरकारले के–के गर्यो रु अहिलेकोले–के गर्दैछ देखिएको छ नि,’ उनले भने, ‘हामी राष्ट्रियता, सार्वभौमिकतामा आँच पुग्ने, सामाजिक सदभावमा आँच पुग्ने, सामाजिक सदभावको आधारमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने पक्षमा छैनौं, मनोरोगीहरुले एमाले संविधान संशोधनविरोधी मधेसविरोधी भनिरहेका छन् ।’
कसरी उग्रराष्ट्रवादी भयौं रु
पोखरेलले एमालेलाई लगाएको ‘उग्रराष्ट्रवादी’ ट्यागप्रति पनि असन्तुष्टि राखे । ‘हामीले कुनै पनि मुलुक वेष्टित भएर बस्नु हुँदैन भनेर स्वतन्त्र सार्वभौम मुलुक भनेर चिनाइनुपर्दछ भन्ने चाह्यौं, यसो भन्दा कसरी उग्रराष्ट्रवाद भयो रु,’ उनको भनाइ छ, ‘यो त गलत कुरा हो । सबै कुरा बदल्न सकिन्छ, छिमेकी बदल्न सकिदैन, हामी छिमेकीले सम्मानका साथ हेरोस् भन्ने चाहन्छौं ।’
एमाले सरकारले छिमेकीसँगको असन्तुलित सम्बन्धलाई सन्तुलित बनाएको पोखरेलको दाबी छ । ‘जसले छिमेकीसँगको सम्बन्ध असन्तुलित बनाइरहे, हामीले सन्तुलन राख्नुपर्छ भन्यौं उनीहरुलाई हाम्रो यो अडान रुचिकर नहुन सक्छ,’ उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग ‘आई टू आई’ कुरा गर्नुभयो । महत्वपूर्ण सम्झौताहरु भएका छन्, पछि चीनसँग पनि त्यस्तै सम्झौता भयो ।’
प्रकाशितस् भाद्र २१, २०७३
Copied from
http://www.ekantipur.com

0 comments:
Post a Comment