अफ्रिकामा रहेका नेपालीहरुले पनि तीज मनाए


एनआरएनएका अफ्रिकास्थित युगान्डा, नाइजेरिया र केन्याका राष्ट्रिय सम्न्वय समितिहरुले नेपाली महिलाहरुको महान पर्ब तीजको अबसरमा कम्पाला, लेगोस र नैरोवीमा तीज कार्यक्रमहरु आयोजना गरेका छन ।
एनआरएनएका आइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार एनआरएनए युगान्डाको आयोजनामा कम्पाला स्थित आगन रेस्टुरेन्टमा भब्यताका साथ् तीज मनाइएको थियो ।

यसैगरी एनआरएनए नाइजेरियाको आयोजनामा पूर्व आइसिसी सदस्य सन्जीव छेत्रीको निवास लेगोसमामा तीज कार्यक्रम आयोजना गरिएको थियो । केन्याको नैरोबीमा एनसिसी केन्याको आयोजनामा तीजको भब्य कार्यक्रम सम्पन्न भएको महासचिब कृष्णदत्त भट्टले जानकारी दिए ।
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment