निखिता थापाको नयाँ गीत ‘सयौं आँखा’को म्युजिक भिडियो सार्बजनिक

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा छायांकन गरिएको निखिता थापाको नयाँ नेपाली गीत ‘सयौं आँखा’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
यस गीतको रचना गीतकार दिनेश अधिकारीले गरेमकन हुन् भने गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् ।
सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले रेकर्ड गरेका हुन् । यस गीतमा मिस टिन नेपाल तथा मोडल ज्योति छेत्रीले नृत्य तथा अभिनय गरेकी छन् ।
म्युजिक भिडियोको छायांकन तथा निर्देशन अमेरिकामा वसोवास गर्ने बुद्ध लामाले गरेका हुन् ।

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment