२२ भदौ, काठमाडौं । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको भन्ने हल्ला एकाएक चलेपछि परराष्ट्रमन्त्रालय स्रोतले यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको छ । त्यसैगरी बैइजिङस्थित नेपाली दूतावस स्रोत पनि यसबारे आफूहरुलाई जानकारी नभएको बताउँछ ।
परराष्ट्रमन्त्रालयका एक उच्च अधिकारीले अनलाइखबरसँग भने ‘चिनियाँ राष्ट्रपतिको भ्रमणको मितिबारे पनि हामीलाई कुनै जानकारी छैन, र भ्रमण स्थगित भएको पनि जानकारी छैन, राजनीतिक तहबाट भ्रमणको निर्णय भएपछि हामी अहिले पनि यसको तयारीमा जुटिरहेका छौं ।’
त्यसैगरी बेइजिङस्थित नेपाली दूतावसले पनि भ्रमण स्थगनबारे कुनै जानकारी नभएको स्पष्ट गरेको छ ।
गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भागलिन चिनियाँ राष्ट्रपति सी जिङपिङ भारत जाँदैछन्
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै प्रधानमन्त्रीका विशेष दूत बनेर उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र चीन भ्रमणमा रहँदा महराले चिनियाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
चीन भ्रणबाट फर्केर आउँदा महराले एयरपोर्टमा चिनियाँ राष्ट्रपति चाडैं नेपाल आउने बताएपनि कहिले आउने बताउन सकेका थिएनन् । महराको सो भनाइले पनि राष्ट्रपनि कहिले नेपाल आउने निश्चित थिएन ।
साभर गरिएको::https://http://www.onlinekhabar.com

0 comments:
Post a Comment