पूरा होला अपेक्षा ?

ड्रिम्सको सुरुआती व्यापारमा अनमोल केसीको क्रेजले भूमिका खेल्यो । खास गरी सहरिया युवापुस्ता अनमोलकै लागि हलमा ओइरियो । यसमा द्विविधा छैन । तर, अचम्म के भइदियो भने तारिफचाहिँ अनमोलले पाएनन् बरु यही फिल्मबाट अभिनय यात्रा थालनी गरेकी साम्राज्ञी राज्यलक्ष्मी राणाले सबैको मन जितिन् । जबकि, प्रमोसनताका उनी अनमोलको छायामा परेकी थिइन् । तैपनि, ड्रिम्स हिटपश्चात् कतिपयले साम्राज्ञीको फिल्मी करिअर संकटमा परेको अनुमान गरेका थिए । किनभने, त्यसअगाडि अनमोलसँग स्क्रिन सेयर गरेका प्रकृति श्रेष्ठ र आना शर्माको हालत त्यस्तै थियो तर भारतमा पढेकी साम्राज्ञीले यो अनुमानलाई फेल गराइदिइन् ।

उनलाई फिल्ममा लिन चाहनेको लर्को लाग्यो । र, पनि निकै ‘चुजी’ बनेकी साम्राज्ञीले ड्रिम्स रिलिज भएको ६ महिनापछि बल्ल नयाँ फिल्म ए मेरो हजुरको सुटिङ सुरु भएको छ । झरना थापा निर्देशित यस फिल्मका निर्माताले साम्राज्ञीलाई आठ लाख रूपियाँ पारिश्रमिक दिएको चर्चा फिल्मवृत्तमा अझ सेलाएको छैन । सायद यही कारण हुनुपर्छ, दर्शक र निर्माताको अपेक्षा पूरा गर्न साम्राज्ञी सफल होलिन् त भन्ने सवाल अहिलेदेखि नै खडा भएको छ । 
प्रकाशित: भाद्र २२, २०७३

साभर गरिएको:: http://www.ekantipur.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment