अन्तर्राष्ट्रिय फुटबलमा सन्न्यास लिएर पुनः फर्किएका अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी झन् बढी आक्रामक देखिएका छन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा फर्किने क्रममा उरुग्वेलाई १–० ले हराएको विश्वकप छनोट खेलमा निर्णायक गोल गरेका थिए।
यस्तै, स्पेनिस ला लिगामा २ गोल गरिसकेका मेसीले सोमबार राति स्कटिस च्याम्पियन सेल्टिकविरूद्ध च्याम्पियन्स लिगको पहिलो खेलमै हयाट्रिक गोल गरेका थिए।
मेसीको च्याम्पियन्स लिगमा त्यो छैटौं हयाट्रिक थियो। उनले सर्वप्रथम च्याम्पियन्स लिगमा हयाट्रिक आर्सनलविरूद्ध गरेका थिए। मेसीले बार्सिलोना र अर्जेन्टिनाका लागि कूल ६ सय ५१ खेल खेलेका छन्, जसमा उनले ५ सय १५ गोल गरेका छन्।
उनले गोलका लागि साथीहरूलाई २ सय बल पास मात्र मिलाएका छन्।
source::www.setopati.com
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment