स्वास्थ्यमा सुधार आएपछि भिडियोमा ‘माग्ने बुढा’को अभिनय

स्वास्थ्यमा केही समस्या आएपछि अभिनय यात्राबाट केही टाढा रहेका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् । ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् ।
उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत हरि लम्सालको छ । सोही भिडियोको छायांकनका क्रममा उनी भेटिएका हुन् ।
‘छक्का पञ्जा’ चलचित्रमा काम गरेपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शकमाझ आउन सकेको थिइनँ,’ अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’
विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।

source::www.onlinekhabar.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment