मोबाइल एप प्रतिस्पर्धा, बिजेतालाई ७ लाख

टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल एप्लिकेसन प्रयोग र बिकाशकर्तालाई प्रोत्साहित गर्न एप निर्माण प्रतिस्पर्धा सुरु गरेको छ । ‘एनसेल एप क्याम्प’ अभियान अन्र्तगत सिर्जनशील एप डेभलपरहरुले यो प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।


करिव ६ महिनासम्म सञ्चालन हुने प्रतिस्पर्धा कृषि, कर्पोरेट सोलुसन, शिक्षा र पर्यटन गरि चारवटा विधामा एप बिकाश गर्नुपर्ने छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाइलानलरले सोमबार अभियान सार्वजतनिक गर्दै भने ‘कृषि, कर्पोरेट, शिक्षा र पर्यटन नेपाली अर्थतन्त्रमा मुख्य क्षेत्रहरु भएको हुँदा एनसेलले यी विद्याहरूलार्इ प्राथमिकतामा राखेको छ ।’


सृजनशील युवाहरूले यी क्षेत्रहरुको प्रभावकारीता र उत्पादनशीलता बढाउन एप्सको विकास गरेर ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले व्यक्त गरिन् । एनसेलले र योङ इनोभेसन्स कम्पनीसँग सहकार्य गरेर उक्त प्रतिस्पर्धा आयोजना गर्न लागेको हो ।


नयाँ आइडियाहरू जन्मन्छन्


एनसेल एप क्याम्पले डेभलपरहरुको पहिचान गर्ने र उनीहरुलाई बढावा दिँदै समाजमा सकारात्मक योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ । ‘यसले प्रतिभाशाली डेभलपरहरु र मोबाइल उत्साहीहरुमा उद्यमशीलताको भावना जगाउँदै व्यवसायिक सोचको विकास गर्न प्रोत्साहित गर्छ’ कोइरालाले भनिन्, ‘उनीहरुका नयाँ एप आइडियाहरुलाई सफल व्यवसायको रुपमा परिणत गर्न सहयोग गर्नेछ र स्वरोजगारको पनि प्रवर्द्धन हुनेछ ।’


प्रतिस्पर्धामा भाग लिन युवा डेभलपरहरुको समूहले एनसेल वेबसाइटमार्फत आनलाइन दर्ता गर्नुपर्ने हुन्छ । उनीहरुले एन्ड्रोइड, एप्पल, विन्डोज, जेटुएमई लगायत कुनै पनि प्ल्याटर्फममा एप सृजना गर्न सक्ने कम्पनीले जनाएको छ । एउटा टिममा २ देखि ५ जना रहने सक्नेछन् ।


योङ्ग इनोभेसन्सका कार्यकारी प्रमुख विभुषण विष्टले भने, ‘इच्छुक समूहहरुले दर्ता गरेका आइडियाहरु मध्येबाट १५० वटा उत्कृष्ट व्यवहारिक आइडियाहरु छनौट गरिनेछ र ती आइडिया दर्ता गरेका समूहहरुलाई क्षमता अभिवृद्धि सेमिनारमा भाग लिन बोलाइने छ । सेमिनारमा टिमहरुले मोबाइल एपका विभिन्न पक्षहरु सम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् ।’


अन्तर्राष्ट्रिय र राष्ट्रिय अनुभव बोकेका विज्ञहरुले बजार, एप डेभलपमेन्ट र व्यवसाय विकास सम्बन्धी अमूल्य ज्ञान प्रदान गर्ने हुँदा सेमिनार निकै उपयोगी हुने अनुमान गरिएको छ । सेमिनारपश्चात टिमहरुले आफ्नो परिष्कृत आइडियाहरु बुझाउने र अन्तिम चरणमा ती आइडियाहरु मध्येबाटै हरेक विधामा ६ वटा उत्कृष्ट आइडियाहरु अर्थात् जम्मा २४ टिमहरु छनोट गरिने विष्टले बताए । अन्तिम प्रतिस्पर्धा २०७१ मंसिर २३ देखि २५ गतेसम्म हुनेछ ।


अन्तिम प्रतिस्पर्धामा सहभागीले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुको मार्गदर्शनमा एप बनाउने र आफ्ना आइडियालाई विभिन्न क्षेत्रका विज्ञहरु रहेको मुख्य निर्णायक टोलीसामु प्रस्तुत गर्नेछन् । ‘आइडियाको व्यवहारिकता र व्यवसायिक सम्भाव्यताका आधारमा मुख्य निर्णायक टोलीले हरेक विधाबाट १र१ विषयगत विजेता र तीमध्येबाट एक मुख्य विजेताको छनौट गर्नेछ’ विष्टले भने ।


हरेक विषयगत विजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप ५ लाख रुपैयाँ पुरस्कार जित्ने कम्पनीले जनाएको छ । साथै, विदेशमा हुने यस्तै खाले एप क्याम्पमा सहभागी हुने मौका समेत जित्ने छ । प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले २०७१ कार्तिक ११ गते दिनको १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

साभर गरिएको::http://www.hourwin.com/news


Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment