एन्ड्रोइड फोन कसरी अपग्रेड गर्ने । जान्नुहोस् सरल तरिकाहरु

आफ्नो एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटमा तपाई पछिल्ला फिचर र राम्रो पर्फमेन्स चाहनुहुन्छ रु यसका लागि तपाइँले आफ्नो ग्याजेटमा उपलब्ध मध्ये सबैभन्दा नयाँ सफ्टवेयर राखेकै हुनुपर्छ, त्यो एपमात्र नभएर अपरेटिङ सिस्टम पनि ।


नयाँ अपरेटिङ सिस्टमसँगै डिभाइसको स्पिड मात्र बढ्ने होइन नयाँ९नयाँ फिचर्स तथा सुविधाहरुमा समेत वृद्धि हुन्छ । त्यसैले तपाईले प्रयोग गर्ने फोनको ब्राण्ड र त्यसको स्तर हेरी तपाईले तत्कालै अपरेटिङ सिस्टम अपग्रेड गर्नु बुद्धिमानी हुन्छ ।


यद्यपि पछिल्लो समय एन्ड्रोइड आफ्नो अपरेटिङ सिस्टमको विखण्डनका कारण आलोचित छ । तथ्यांकअनुसार एन्ड्रोइड प्रयोगकर्ता मध्ये १३।५ प्रतिशतले अझै पनि एन्ड्रोइडको २।३।३९२।३।७ जिन्जर ब्रेड अपरेटिङ सिस्टम चलाइरहेका छन् । ११।४ प्रतिशतले ४।०।४९४।०।४ आइस क्रिम स्याण्डविच तथा ५६।५ प्रतिशतले ४।१९४।३ जेली बिन अपरेटिङ सिस्टम चलाइरहेका छन् । त्यस्तै कम्तिमा १७।९ प्रतिशतले एन्ड्रोइड एल ४।४ किटक्याट अपरेटिङ सिस्टम चलाइरहेका छन् ।


एन्ड्रोइडको अपरेटिङ सिस्टममा अपग्रेड गर्नका लागि डिभाइसमा कुनै तार जोडिरहनु पर्दैन अर्थात् सामान्यतया ओटिए ,ओभर द एयर गर्न सकिन्छ । साथै क्रमैसँग अपग्रेड गर्न सकिन्छ मोबाइल अपरेटर तथा उत्पादक हेरिकन ।


स्मार्टफोन तथा ट्याबलेटमा एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम अपडेट उपलब्ध गराउने कि नगराउने भन्ने कुरा उत्पादकको इच्छामा भर पर्छ र त्यो बाध्यात्मक हुँदैन पनि । यदि तपाइँसँग उच्च मूल्यका स्मार्टफोन जस्तै, ग्यालेक्सी एस फाइभ, एचटीसी वन एम ८, एल जी जी थ्री जस्ता स्मार्टफोन छन् भने स्मार्टफोन उत्पादकले तपाइँलाई कम्तिमा एक पटक अपरेटिङ सिस्टम अपग्रेड गर्ने सुबिधा दिन्छन् । कतिपय फोनको फिचरको सिमितताका कारण अपग्रेड सुबिधा दिइएको हुँदैन् ।


यद्यपि गुगलको नेक्सस तथा निकट भविष्यमै आउन लागेको एन्ड्रोइड वन स्मार्टफोनमा सबैभन्दा पछिल्लो अपरेटिङ सिस्टम आफै अपडेट हुने प्रविधि रहने बताइएको छ ।

साभर गरिएको::http://www.hourwin.com/news
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment