अत्यधिक नाफा खाएर बिक्री वितरण गर्ने कपडा व्यवसायीविरुद्ध वाणिज्य तथा आपूर्ति विभागले गरेको अनुगमनमा विरोध भएपछि सरकार यो क्षेत्रमा थप कडा हुने भएको छ । अनुगमनमा ओक ल्यान्ड पसल नम्बर ४२ ले १३ गुणाभन्दा बढीमा बिक्री गरेको भेटिएको थियो ।
विभागका अधिकृत हेरम्बराज पोखरेलका अनुसार उक्त पसलले ७६ रुपैयाँमा खरिद गरेको टिसर्ट १ हजार रुपैयाँ, ३ सय रुपैयाँमा खरिद गरेको जिन्स पेन्ट १ हजार १ सय रुपैयाँमा बिक्री गरेको भेटिएको थियो ।
यस्तै रेडिमेड स्टोरले पनि २ सय १ रुपैयाँमा खरिद गरेको हाफ ज्याकेट २ हजार ७ सय रुपैयाँमा बिक्री गर्ने गरेको भेटियो । विशाल बजारमै रहेको इन्टर सोप पसलले पनि २ सय ८७ रुपैयाँमा खरिद गरेको पेन्ट २ हजार २ सय २५ रुपैयाँ, १ सय ८७ रुपैयाँमा खरिद गरेको सर्ट १ हजार २ सय रुपैयाँमा बिक्री गरेको विभागले जनाएको छ ।
यस्तै आरएसए त्रिसा पसलले पनि ३ सय ७३ रुपैयाँमा खरिद गरेको ज्याकेट ३ हजार ५ सय ४० रुपैया, १ हजार ७ सय रुपैयाँमा खरिद गरेको सुटकेस ब्याग २ हजार ३ सय ४५ रुपैयाँमा बिक्री गर्ने गरेको फेला परेको थियो ।
यीबाहेक व्यवसायीहरूले मूल्यसूची नराखेका, व्यवसाय नवीकरण नगरेको समेत फेला परेको थियो । ुती व्यवसायीलाई ७ दिनभित्र व्यवसाय नवीकरण गर्न निर्देशन दिएका छौं,ु पोखरेलले भने । यस्तै, बढी मूल्य लिई कारोबार गर्ने व्यवसायीमाथि कारबाही गरिने उनले बताए ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले कपडा मूल्यबाहेक गुणस्तरमा पनि अनुगमन गर्नुपर्ने बताए । उनले अनुगमन एकै स्थानमा मात्रै नभई सबै क्षेत्रमा गर्नुपर्ने बताए । ुकेही व्यवसायीले कमसल गुणस्तरको सामान ब्रान्डेड भन्दै महँगोमा बेचेका हुन्छन्,ु उनले भने, ुकपडाको गुणस्तरमा पनि अनुगमन गर्नुपर्छ ।ु कपडासँगै जुत्तामा पनि अनुगमन हुनुपर्ने उनको भनाइ छ ।
0 comments:
Post a Comment