छोरी आराध्या डराएपछि ऐश्वर्याले उठाइन यस्तो कदम !!!



मुम्बई–बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या केही दिन दुवईमा विदा मनाएर मुम्बई फर्किएका छन्। ऐश्वर्या  मुम्बई फर्केको जानकारी पाएपछि फोटो पत्रकारको ठूलै समूह विमानस्थल पुगेका थिए। फोटो पत्रकारहरुले ऐश्वर्या र आराध्यको धमाधम फोटो खिच्न थाले।
संचारकर्मी आफूतिर आइरहेको देखेपछि ऐश्वर्या केही सतर्क भइन। तर उनकी छोरी आराध्या भने डराइन्। भारतीय संचारमाध्यमका अनुसार छोरी डराएपछि ऐश्वर्याले संचारकर्मीसँग क्यामरा बन्द गर्न अपिल गर्नु परेको थियो।

ऐश्वर्या छोरी आराध्यासँग छुट्टी मनाउन दुवइ गएकी थिइन्।  आइतबार साँझ उनी मुम्बई आएकी हुन्। ऐश्वर्या आएको जानकारी पाएपछि विमानस्थल पुगेका संचारकर्मीले धमाधम फोटो खिच्न थालेपछि डराएकी छोरीलाई सान्त्वना दिन ऐश्वर्याले फोटो नखिच्न फोटोग्राफरलाई आग्रह गरिन। यसअघि क्यामराको फेस गरेकी आराध्य त्यसरी कहिल्यै नडराएको संचारमाध्यमले उल्लेख गरेका छन्।

क्यामराको प्रकाशले आराध्य डराएको हुनसक्ने संचारमाध्यमले उल्लेख गरेका छन्। ऐश्वर्या राय पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘ऐ दिल है मुश्किल’ लाई लिएर चर्चामा छिन्। सो फिल्म यही दिपावलीमा रिलिज हुँदैछ।

 source : nagariknews
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment