काठमाडौंका आधा दर्जन स्कूलमा आज विहानै बम


बिद्यालयलाई लक्षित गरी काठमाडौंमा मंगलवार विहान बम विस्फोट गराइएको छ । काठमाडौं दक्षिण ढोकास्थित आकाशदीप र मनकामना स्कूललाई लक्षित गरी बम विस्फोट गराइएको छ । आकाशदीप र मनकामना स्कुलको मुख्यद्धारमै विस्फोट गराइएको प्रहरीले जनाएको छ । तर मानवीय क्षति भने भएको छैन ।

ललितपुरको रेडियन्ट रिडर्स एकेडेमीको अगाडी प्रेसर कुकर बम फेला परेको ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीले जानकारी दिए । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।

जोरपाटीमा रहेको  राई स्कूल, माउन्ट युराल, इस्टपोल, लामा पेट्रोल पम्प र स्वयम्भूको एकठाउँमा बम फेला परेको प्रहरीले जानकारी दिए । त्यसैगरी काठमाडौका कपन र बौद्धमा पनि शंकास्पद बस्तु फेला परेको छ । बम राखेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बम बिहान ३ बजेर ४५ मिनेटदेखि ४ बजेको बीचमा विस्फोट गरिएको हो ।  विस्फोटबाट विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

source : www.khasokhas.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment