इन्द्रजात्राको आज अन्तिम दिन


आश्विन ४, २०७३ काठमाण्डौं उपत्यकाको ऐतिहासिक इन्द्रजात्रा आज सकिदैछ । इन्द्रजात्राको अन्तिम दिन आज  नानिचाः भनी महिलाहरुले कुमारी भैरव र गणेशको तीनै रथ तान्ने परम्परा छ । सो अवसरमा आज राष्ट्रप्रमुखले कुमारी, भैरव र गणेशको दर्शन गरी प्रसाद ग्रहण गर्ने चलन रहेको इन्द्रजात्रा समारोह समितिले जनाएको छ । हनुमानढोका ,दरबारस्क्वायर परिसरमा ध्वजापताकासहितको लिंगो ठड्याएसंगै सुरु भएको जात्रा एक सातासम्म काठमाण्डौ उपत्यका सहित काभे्रको धुलिखेल र दोलखामा समेत मनाउने गरिन्छ । आजै हनुमानढोकामा ठड्याएको इन्द्र ध्वजारोहणको लिङगो समेत ढालेर जात्राको औपचारिक समापन गरिन्छ ।



source : radiokantipur.ekantipur.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment