कतारमा किराँत मञ्च कतार शाखा गठन



कतार, ३ असोज । “किराँत  मञ्च कतार शाखा गठन आजको आवश्यकता सम्पुर्ण किराँतिको एकता“ भन्ने मुल नाराको साथ स्थापना भएको किरात मंच ९ सेप्टेम्बर २०१६ को दिन कतारको सनैया स्थीत काठमाडौं रेस्टुरेन्ट एक कार्यक्रमका बीच किरात मन्च कतार शाखा गठन गरिएको छ । २०७२ सालमा सङ्गठित भई
२०७३ सालमा नेपाल सरकारबाट मान्यता प्रप्त सङ्ग सङ्गै यसको सन्जाल फैलाउदै जिल्ला स्थानीय समिती गठन र देश स्तरीय प्रवास साखाहरुको गठन गर्ने क्रम बढी रहेको छ । कार्यक्रममा मञ्चका विशेष सल्लाहकार तथा किरात राई यायोख्खा कतार शाखाका दितिय उपाध्यक्ष रबिन राई (डिक ब राई) ले सम्पुर्ण किराँती ब्यापारी बुद्धिजीवी ब्याक्तित्वहरुलाइ गोलबद्ध गरि अघी बढ्नु पर्ने सुझब दिएका थिए ।

मञ्चकै कानुनी सल्लाहकार जनक वम्बुले राईले किरात मन्च सम्पुर्ण किरातिहरुको आस्थाको धरोहर रहेको एक मात्र छाता संगठन भएकोले जुनसुकै राजनीतिक, भाषिक, संघ संगठनमा आवद्ध रहेका किराँती बुद्दिजिबी ब्याक्तित्वहरुले सोच्छ भावना सहित किरात मञ्चको आचार संहितामा रहेर काम गर्न चाहानु हुने इच्छुक सबै किरातिलाई किरात मन्चले सदैब स्वगत गर्ने बताए ।

त्यसैगरि मन्तव्यकै क्रममा मन्चका प्रमुख सल्लाहकार श्री दिक्पाल राईले किरात मन्चको स्थापना हुनुको कारण र यस्को उदेश्यहरु प्रस्ट्याउदै मन्चको आबधारण पत्र र आचारसंहिता पढेर सुनाएका थिए । कार्यक्रममा उपस्थित किराँती बुद्धिजीवी जय कुमार राई, ध्यान राई, अर्बिन राई, गणेश वाम्बुले राई, राजन राई, धन बहादुर सुनुवार, भोगेन्द्र लिम्बू, मौल निरासी राई, नबराज जिरो राई, जयप्रकाश राई, प्रदीप राई, रमिला वाम्बुले राई, इमान सेर राई, राम प्रसाद राई, टेक बहादुर राई, राजेन्द्र सावा लिम्बू, नैन जिरो राइ लगायतले पनि किरात अस्तित्व, किरात इतिहास भाषा लिपि भेषभुसा र पहिचानको खुलेरै बयान गरेका थिए भने यो पछिल्लो समयमा किरात राइहरुलाई समेट्ने छाता सस्था हुने मा प्रकाश परेका थिए ।


source::http://hamrosanchar.com

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment