आयस्ता जोशीलाई मिस राजधानीको उपाधि
‘मिस राजधानी २०१६’ को उपाधि आयस्ता जोशीले जितेकी छन् । जोशीले १७ प्रतिष्प्रर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । एक्सपोज नेपालले शनिबार साँझ एकसाथ आयोजना गरेको तीन प्रतियोगिता ‘मिस राजधानी २०१६’ र ‘मिस्टर राजधानी २०१६’ र ‘मिसेस राजधानी २०१६’मा मिस्टर राजधानी तर्फको उपाधि भने बिकास रावल र मिसेस राजधानीको उपाधी जमुना राईले जिते ।
रावले १५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्दा राईले १८ प्रतिस्पर्धीलाई पछि पारिन् । तीनै प्रतियोगिताका बिजेताले शीर्ष उपाधिका साथमा चलचित्र ,म्युजिक भिडियो अभिनय अवसरकासाथै विभिन्न उपहार प्राप्त गरेका छन् ।थापाथलीस्थित ब्लुवर्ड भवनको मुड्र्स हलमा सम्पन्न प्रतियोगितामा मिस राजधानीतर्फ विपना पराजुली फष्ट रनर अप र सचिना खड्का सेकेन्ड रनरअप घोषित हुँदा मिस्टर राजधानीतर्फ अमिरल तामाङ र नवराज गुरुङ क्रमश फष्टरनर अप र सेकेन्ड रनर अफ चुनिए ।
युवायुवती तथा बिबाहित महिलाहरुको प्रतिभालाई प्रोत्साहन गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य बोकेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निणार्यकमा नायिका पुजना प्रधान, सञ्चिता लुइँटेल, नायक गजीत बिष्ट, हसनराजा खान र खगेस रञ्जितकारलगायत रहेका थिए ।
source::http://hamrosanchar.com

0 comments:
Post a Comment