भाद्र २४, २०७३ माओवादी केन्द्रले संसदीय समितिमा रहेका विभिन्न सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि संसदीय समितिका विभिन्न पदमा रहेका व्यक्ति मन्त्री भएपछि माओवादी केन्द्रले खाली रहेका ती स्थानमा जिम्मेवारी हेरफेर गरेको हो । सिंहदरवारमा विहान वसेको संसदीय दलको वैठकले प्रमुख सचेतकको जिम्मेवारी टेकवहादुर वस्नेतलाई दिएको छ । हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएपछि माओवादी केन्द्रले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । बस्नेत सल्यान क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ । बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा हरिवोल गजुरेललाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि सभापति रहेका जनार्दन शर्मा उर्जामन्त्री भएपछि उहाँको ठाउँमा माओवादीले गजुरेललाई सिफारिस गरेको हो । यद्यपी सार्वजनिक लेखासमितिको सभापति भने विपक्षी दलले पाउने परम्परा रहँदै आएको छ । दलीय भागबण्डाका आधारमा लेखा समितिको सभापति माओवादी केन्द्रले पाएपनि सरकारमा रहँदा समेत माओवादीले सो पद छाडेको थिएन । संसदीय समितिको सभापति भने निर्वाचनबाट चयन हुने ब्यवस्था छ । यस्तै बैठकले संसदीय सुनुवाई समितिको सदस्यमा अग्नि सापकोटा र विकास समितिको सदस्यमा टोपबहादुर रायमाझीलाई पठाउने निर्णय गरेको छ । यस्तै पार्टीको संसदीय वोर्डको सचिवमा रामनारायण बिडारी चयन हुनुभएको छ । यसअघी सो पदमा धनीराम चौधरी हुनुहन्थ्यो । चौधरी शिक्षामन्त्री बनेपछि माओवादी केन्द्रले बिडारीलाई सो जिम्मेवारी दिएको हो । चीन र भारतका राष्ट्रप्रमुखको भ्रमणमा गम्भीर बन्न दाहालको आग्रह वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको थियो । भ्रमणमा उठाईने एजेण्डाका विषयमा सामान्य छलफल भएको सांसद अग्नि सापकोटाले जानकारी दिनुभयो । संसदीय दलको वैठकमा प्रधानमन्त्री दाहालले निकट भविश्यमा चीन र भारतका राष्ट्रप्रमुखको भ्रमण हुन लागेकाले आफ्नो पार्टीको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो । दाहालको भनाई उदृत गर्दै सापकोटाले भन्नुभयो, 'आफ्नै पार्टी नेतृत्वमा सरकार छ । छिमेकी राष्ट्रबाट निकट भविश्यमा हुने भ्रमणलाई सफल बनाउनु पार्टी र संसदमा रहेका साथीहरु जिम्मेवार ढंगले लाग्नुपर्यो ।'
प्रकाशित:भाद्र २४, २०७३
source::http://www.ekantipur.com/
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment