यो घटना बेल्जियमको हो । त्यहाँको एक ब्रा कम्पनीका सिइओ इग्नेस भेनका अनुसार कम्पनीहरुले तबसम्म राम्रो ब्रा उत्पादन गर्न सक्दैनन् जबसम्म उनीहरुलाई स्तनको बोझको अनुभुति हुँदैन ।
सोही मान्यता अनुसार कर्मचारीहरु सबैलाई कृत्रिम स्तन दिइएको छ र सबै कर्मचारीहरुले सोही कृत्रिम स्तन पहिरिएर कार्यालयमा आउनुपर्नेछ । शरीरमा स्तन हुनुको अनुभव पुरुषहरुलाई थाहा नहुने भएकाले कृत्रिम स्तन लगाउनु अनिवार्य गरिएको उनको भनाइ छ ।
यसरी ठूला ठूला कृत्रिम स्तन लगाएर आउँदा पुरुष कर्मचारीहरुले आफुलाई फरक अनुभुति भएको बताउन थालेका छन् ।
कतिले कृत्रिम स्तनको बोझका कारढा काँध दुख्न थालेको बताएका छन् भने कतिले पिठ्युँको दुखाइको सिकार बनेको बताएका छन् ।
२०७३ भदौ १३ गते ११:१७ मा प्रकाशित
source::http://www.onlinekhabar.com/

0 comments:
Post a Comment