नायिकासँग डाक्टरको अभिनय

भाद्र ३०, २०७३-

वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहता गायकको रूपमा स्थापित हुने सम्भावना बढेको छ । डा.मेहताले हालै सार्वजनिक गरेको आफ्नो दोस्रो म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ । गायिका अञ्जु पन्तस“ग युगल गायन गर्दै डा.मेहताले गाएको ‘फूलको सुवास...’ गीतले कम समयमै दर्शकको मन जितेको हो । अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा डा.मेहतालाई नायिका केकी अधिकारीसँग   देख्न सकिन्छ । डुमरिया, रौतहटमा जन्मिएका डा.मेहताको यो नया“ गीतका रचनाकार नारायण खरेल हुन् भने विशाल हुमागाई“ यसका संगीतकार हुन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।


बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने डा.मेहता करिब तीन वर्षदेखि सांगीतिकक्षेत्रमा पनि सक्रिय छन् । हालसम्म पा“चवटा गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर श्रोतामाझ आउने तयारी गरिरहेका छन् । केही चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई चलचित्रका संगीतकारहरूले निकै रुचाएका छन् ।

चिकित्सा पेसामा सक्रिय डा.मेहता सांगीतिक क्षेत्रमा समेत दह्रो उपस्थिति जनाउने योजनामा छन् ।संगीतकर्मी गुरुदेव कामत तथा राम सिटौलास“ग संगीतको औपचारिक प्रशिक्षण लिएका  डा.मेहताले यसअघि गायिका रजिना रिमालसँग   युगल गायन गरेको ‘तिम्रै तिम्रो...’ गीत पनि लोकप्रिय भएको थियो।

source::http://saptahik.ekantipur.com/

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment