अनौठो विवाह, जहाँ बेहुलाले दिए बेहुलीलाई १० करोड दाइजो

दाइजो भन्ने बित्तिकै हामीकहाँ बिहेमा केटीका परिवारले केटाका परिवारलाई दिइने नगद तथा जिन्सी उपहार भन्ने बुझिन्छ ।

तर चीनमा एउटा यस्तो अनौठो विवाह भएको छ जहाँ आफुलाई मन परेकी युवतीसँग बिहे गर्नका लागि एकजना पुरुषले झण्डै १० करोड रुपैयाँ बराबरको दाइजो केटीका परिवारलाई दिनुपरेको छ ।

चीनको फुजहो गाउँमा एउटा यस्तो विवाह भएको छ जहाँ बेहुलीको एक परिवार मालामाल भएको छ । त्यो परिवारले छोरी अन्माउनका लागि बेहुला पक्षबाट उपहारको रुपमा ६० लाख युआन अर्थात् झण्डै १० करोड रुपैयाँ प्राप्त गरेको छ ।

मन परेकी युवतीलाई आफ्नी जिवनसाथी बनाउनका लागि करोडौँ मूल्य चुकाउने युवकको नाम चेन हो  । उनी धनी परिवारका छोरा हुन् । आफ्नो विवाह खास बनाउनका लागि उनले दाइजो प्रथालाई नै उल्टाइदिए ।

२०७३ भदौ २८ गते ११:०६ मा प्रकाशित
source::http://www.onlinekhabar.com/
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment