दाह्री त सबै फुलेछ, कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
हा हा....सबै त होइन, चिउँडोमा मात्र फुलेको हो तर मिलेको स्टाइलमा फुलेको छ भन्छन् साथीहरू ।
सेतै दाह्री देख्नेहरूको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
फुलेको जस्तो देखिँदैन, फुलाएको जस्तो देखिन्छ भन्नेहरू पनि छन्, हेराइ हो ।
उमेरै नढल्की दाह्री फुलेकोमा चिन्ता लागेको छैन ?
त्यस्तो चिन्ता छैन । संसारमा सबै कुरा एक सय प्रतिशत हुँदैन र स्थायी पनि हुँदैन भन्ने थाहा हुँदा–हुँदै किन चिन्ता मान्नु ? आजकल पाँच–सात वर्षका बालबालिकाको पनि दुई–चारवटा केश फुलेका छन् । जेनिटिक, मेकअप (केमिकल रियाक्सन), लाइफ स्टाइल, सोचाइ, तनाव...अब केले हो त्यति छिटो फुलेको, वास्तविक रूपमा मलाई पनि थाहा छैन । मेरो परिवार एवं नजिकका साथीभाइ फूलेको दार्ही नपाले हुन्थ्यो भन्नुहुन्छ । चिन्ता मानेर के गर्ने, चिन्ता र चिन्तनले पनि अझ बढी फुल्न सक्छ... हाहा ।
प्राय: मानिसहरू फुलेको दाह्री तथा केश लुकाउन खोज्छन्, तपाईंचाहिं देखाइरहनुभएको छ नि ?
जे जस्तो छ, त्यही सुन्दर हुन्छ जस्तो लाग्छ । दार्हीको रंग अनि प्रकारले केही विकार गर्दैन नि, होइन र ? कपालको रंगले होइन मान्छेको विचारले, मनले उसको व्यक्तित्वको परिभाषा दिन्छ ।
फुलेको दाह्रीमा झल्किएको व्यक्तित्वप्रति ईष्र्या गर्ने कति भेट्नुभएको छ ?
कम्प्लिमेन्ट्स पाउँछु खासमा । कस्तो सुहाएको, दार्ही कस्तो मिलेर आएको भन्नेहरू भेट्छु । कम दार्ही आउनेहरू हाम्रो पनि राजको जस्तो आए हुन्थ्यो नि भन्छन् । उमेर अगावै केही कुराको प्राप्तिले पनि छुट्टै र विशेष अनुभुति दिँदो रहेछ ।
प्रकाशित: भाद्र ३०, २०७३
source::http://saptahik.ekantipur.com/

0 comments:
Post a Comment