चीनले ब्रह्मपुत्रको पानी रोक्योः भारत र बंगलादेशमा पानीको संकट


Image result for india-china
 भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत परियोजनाका निम्ति ब्रह्मपुत्रको एक सहायक नदीको पानी रोकेको छ ।
चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ । 
चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजना हो ।
चीनले बाँध बनाएर ब्रह्मपुत्रको पानी रोकेर जलविद्युतसँगै सिँचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको हाे । चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौं मानिसको पानीको स्रोत बन्द हुने छ ।
चीनबाट बग्ने ब्रह्मपुत्र नदी भारतको अरुणाचल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत् परियोजना चीनको सबैभन्दा महँगो परियोजना हो। शनिबार चीनको सरकारी समाचार एजेन्सीले सन् २०१४ देखि सुरु भएको चीनकै सबैभन्दा महँगो यो परियोजना सन् २०१९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सार्वजनिक गरेको छ ।
यो परियोजनाको योजनाले भारतमा चिन्ता बढेको छ । चीनले परियोजनाको निर्माणका क्रममा बाँध बनाएर पानी रोक्ने भएपछि भारतमा चिन्ता बढेको हो ।
परियोजनाका प्रशासनिक ब्युरोका प्रमुख झाङ युन्बोले तिब्बतको सिगात्सेमा यारलुङ झाङ्बो (ब्रह्मपुत्र को तिब्बती नाम) को सहायक नदी सियाबुकुमा निर्माण भइरहेको लाल्हो परियोजनामा ४.९५ अर्ब (७४ करोड अमेरिकी डलर) लगानी गरिएको जानकारी दिए ।
ब्रह्मपुत्र नदी सिगात्से हुँदै अरुणाचल आइपुग्छ । सर्वाधिक महँगो परियोजना भनिएको लाल्होको निर्माण सन् २०१४ को जुनमा भएको थियो । यो परियोजना सन् २०१९ मा पूरा हुने लक्ष्य राखिएको छ । गत वर्ष पनि चीनले १.५ अर्ब डलरको जलविद्युत् आयोजना सञ्चालन गरेको थियो । यसबाट भारतमा जल प्रवाहमा हुने अवरोधप्रति चिन्ता व्यक्त गरिएको थियो ।
चीनले यस परियोजनामा पानीको प्रवाहको सतहमा बाँध निर्माण गरिएको यसबाट भारत प्रभावित नहुने दाबी गर्दै आएको छ । पानी रोकेर अप्ठेरो पार्ने आफ्नो कुनै उद्देश्य नरहेको उसको भनाइ छ ।
यो परियोजनाको योजनाले भारतमा चिन्ता बढेको छ । चीनले परियोजनाको निर्माणका क्रममा बाध बनाएर पानी रोक्ने भएपछि भारतमा चिन्ता बढेको हो । भारतीय सञ्चार माध्ययमले चीनले ब्रह्मपुत्र नदीमा बाँध बनाएर रोक्ने निर्णय गरेको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
source : annapurnapost.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment