जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहु जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो ।
उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए ।
असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाइ बेपत्ता भएका थिए । एक सातासम्म सुरक्षाकर्मी र उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरुको शव भेटिएको थिएन ।
पूर्वमन्त्री घिमिरे, उनका एक भाई अझै बेपत्ता छन् ।
source : onlinekhabar.com
0 comments:
Post a Comment